वर्तमान सरकार निर्माण भएको भोलि (मङ्गलबार) एक सय दिन पूरा हुँदै छ ।
नेपालको गौरवपूर्ण इतिहास, समृद्ध सनातन संस्कृति, र सभ्यता एक समय संसारभर चर्चित थिए ।
तनहुँको व्यास नगरपालिका– ५ मानुङकोटबाट देखिएको मादी नदीको दृश्य । व्यास नगरपालिका– ३ व्यासगुफास्थित दोभानमा पुगेर मादी नदी सेती नदीमा मिसिएर बग्छ ।
साहित्यकार माधवबहादुर पोख्रेललाई महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ प्रदान गरिने भएको छ ।
गायक प्रमोद खरेल र अस्मिता अधिकारीको स्वरमा ‘सुनैको दरबार’ गीतको भाग २ सार्वजनिक भएको छ । पहिलो भागमा अनु चौधरीको स्वरमा थारू भर्सन र सुप्रिम मल्लको स्वरमा ‘चाइल्ड भर्सन’ पनि सार्वजनिक गरिएको थियो ।
भनिन्छ, पोखराले पानी रङमा काम गर्ने कलाकारलाई मन फुकाएर रङ पोख्ने वातावरण दिन्छ । त्यसैले पोखरालाई ‘पानी रङको सहर’ समेत भनिन्छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ ।
चाडपर्वलक्षित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी खाद्य बजार निरीक्षण, अनुगमन तथा परीक्षणलाई तीव्रता दिएको छ ।
अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामो साँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनस्र्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी सञ्चालनमा ल्याइने भएको छ ।
नेपाली गृह श्रमिकहरूले श्रमिकसम्बन्धी नीति बनाउन सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक दुई सय रिङ्गेट बढाउने घोषणा गरेको छ ।
सरकारले सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न पाँच सदस्यीय उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ ।
सवारी नियम उल्लङ्घन गर्ने चालकले अबदेखि ‘नागरिक एप’ बाट नै भुक्तानी गर्न पाउने भएका छन् ।
पोखराको नालामुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीको कार्यालयमा अहिले ताला लागेको छ ।
लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल ९आइडिएफ० ले जनाएको छ ।