महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ बजराही गाउँमा छठ पर्वको लागि पोखरीको बीचमा बाँँसको सहायताले सूर्य भगवानको मन्दिर र बाँसकै बाटो निर्माण गर्दै मजदुर ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर ९प्रसूतिगृह० स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्वास्थ्यचौकीमा प्रसूतिगृहको सेवा विस्तार गरेको हो ।
असोज दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित तथा निर्माणाधीन खानेपानीका आयोजनामा क्षति पुगेको छ । बाढीपहिरोले गाउँमा सञ्चालित खानेपानी आयोजना ध्वस्त भएपछि नागरिक खानेपानीको पाइप माग्न सदरमुकाम धुलिखेल
कर्णाली प्रदेश सरकारले स्थानीय सेवा ऐन जारी गरेको छ ।
नेपाली काँग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरीगङ्गा नयाँ सहर कार्यालयको शिलान्यास गर्नुभएको छ ।
मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो ।
संस्कृतमा आचार्य उत्तीर्ण गर्नुभएका बैतडीका कृष्ण दमाईंलाई देशका विभिन्न धार्मिक अनुष्ठान र महायज्ञमा सम्मानसाथ बोलाइन थालेको छ ।
हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ ।
सुदूरपश्चिम प्रदेशमा यस वर्ष हालसम्म एक हजार १३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ ।
स्याङ्जाको चापाकोटमा भएको बम विस्फोटको घटनामा नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरीलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ चापाकोट नगरपालिका–४ मल्याङ्कोटमा रहेको पुरीको घरमा सकेट बम विस्फोट भएको थियो । विस्फोटमा पुरी आफै सामान्य घाइते हुनु भएको थियो । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार पछि पुरीलाई प्रहरीले पक्रेको हो ।
कैलालीको टीकापुरका शिक्षक लक्ष्मण उपाध्यायलाई दसैँमा पनि सर्प उद्धार गर्न भ्याइनभ्याइ थियो । यत्रतत्रबाट फोन आएपछि नजाने कुरै भएन ।
सरकारद्वारा आमनागरिक तहमा गरिने सेवा प्रवाहलाई समयसापेक्ष, चुस्त तथा प्रविधिमैत्री बनाउँदै लगिने भनिँदै आएको धेरै भयो ।
नेपालमा पहिलो पटक निकै लामो प्रसव वेदनापछि संसद्का दुवै सदनबाट पारित भएको सार्वजनिक सेवा प्रसारण ऐन राष्ट्रपतिबाट प्रमाणित भएको छ ।
शिक्षा चेतनाको प्रतीक हो । शिक्षाकै कारण मानिस आफ्नो विवेक प्रयोग गरी सिप विकास गर्न सक्छ भने विवेकका माध्यमबाट सिर्जनशील कार्यमा लाग्न सक्छ ।
खानेपानी घरमै आएपछि गाउँले खुसी भएका छन् । तानसेन नगरपालिका ११ बडरबोटका स्थानीयको घरमा पानी आएपछि खुसी भएका हुन् ।