प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस हुनुभएको छ ।
गते असोज ११ र १२ गते आएको बाढी र पहिरोले पाँचथर जिल्लाका २१ वटा विद्यालयमा क्षति पुगेकोे छ । शिक्षा तथा समन्वय इकाइ पाँचथरले २१ विद्यालयमा क्षति भएको तथ्याङ्क सङ्कलन गरेको हो ।
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला हुँदै धौलागिरी हिमालको आधार शिविर (आइफल) जाने पदमार्गमा पर्ने विभिन्न खोलानालाहरुमा झोलुङ्गे पुलको अभाव हुँदा पदयात्रीका साथै स्थानीयहरुलाई वारपार गर्न समस्या भएको छ ।
सुनकोशीमा आएको बाढीले क्षतिग्रस्त बनेको झोलुङ्गे पुल मर्मत नहुँदा खोटाङको डिकुवाका स्थानीय पुलमा झुण्डिएर नदी वारपार गर्न बाध्य भएका छन्।
करिब २५ वर्षअघि मलेसियामा विदेशी र फिलिपिनो नागरिकको अपहरण गरेको अभियोगमा इस्लामिक स्टेटसम्बद्ध लडाकू समूहका १७ सदस्यलाई आजीवन कारावासको सजाय सुनाइएको फिलिपिन्सको न्याय विभागले सोमबार जनाएको छ ।
विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयद्वारा जलवायु परिवतर्नको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ ।
जुम्ला, कात्तिक ५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जुम्लामा हुने जनसभालाई सम्बोधन गर्नुहुनेछ । उहाँले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्बाेधन गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि अध्यक्ष प्रचण्डले मुगु राराक्षेत्रको पनि अवलोकन गर्नुभएको छ । आजै काठमाडौंबाट नेपालगञ्ज हुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरी यहाँ आयोजित जनसभालाई सम्बोधन गरेर फर्कने कार्यक्रम छ ।
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।
बडीमालिका नगरपालिकामा अरिँगालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो ।
डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ । नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत ९रैथाने० जातको ‘जोरायली बासमती’का खेतको धान काटेर भित्र्याउन भ्याइनभ्याई छ ।
कोहलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रदीप भट्टराई विजयी हुनु भएको छ । भट्टराईले नेतृत्व गरेको लोकतान्त्रिक व्यवसायी समूहका अधिकांश पदाधिकारी र सदस्यहरू विजयी हुनु भएको छ । प्रदीप भट्टराईले ७ सय ९५ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्वन्द्वी अञ्जना धितालले ६ सय ४६ मत पाउनु भएको थियो ।
कैलालीसँग सीमा जोडिएको डोटीको जोरायल क्षेत्रमा उत्पादन हुने मसिनो बास्नादार ‘जोरायली बासमती’ धान काटेर भित्र्याउँदै कृषकहरु । रैथाने जातको बासमती धान उत्पादनका लागि जोरायल क्षेत्रले पहिचान बनाएको छ ।
आइसिसी टी-२० महिला विश्वकपको उपाधि न्युजिल्यान्डले जितेको छ ।
गएको असोज ११ गते बागमती नदीमा आएको बाढीले बगाएर ल्याएको रित्तो एलपी ग्यासको बुलेट ।
योग अनेक प्रकारको भए पनि मुख्यतया यसका आठ शाखा छन् ।