बाँके जिल्लामा यस वर्ष एक लाख ५० हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको छ । सुरुदेखिनै अनुकूल मौसम र समयमा रोपाइँ भएकाले यस वर्ष विगतभन्दा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले विकास कुरामा भन्दा पनि व्यवहारमा कार्यान्वयन गरेर देखाउनु पर्ने बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले आर्थिक क्रान्तिका लागि संरचनात्मक परिवर्तन जरुरी भएको बताउनुभएको छ ।
टर्कीको सरकारी टेलिभिजनले अमेरिकास्थित मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु भएको जनाएको छ । अङ्काराले गुलेनलाई सन् २०१६ को असफल ’कु’का मुख्य योजनाकार भएको आरोप लगाउँदै आएको छ ।
वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा एक लाख ५० हजार थप किसान सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म सूचीकृत हुने कृषकको सङ्ख्या १९ लाख ३३ हजार पुगेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक भएको बताउनुभएको छ ।
जिल्ला कारागार ओखलढुङ्गामा नयाँ बनेको भवनमा सुरक्षा पर्खाल नबन्दा कैदीबन्दीलाई बस्न समस्या भएको छ । नयाँ बनेको कारागार भवनको सुरक्षा पर्खाल नबन्दा अहिलेसम्म प्रयोगमा आएको छैन ।
सवारी दुर्घटना न्यूनीकरण गर्न प्रमुख राजमार्गमा ‘टाइम कार्ड’ लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय दोलखाले चाडपर्वलाई लक्षित गरी ‘टाइम कार्ड’ लागु गरेको हो ।
मकवानपुरको कैलाशमा एकजना पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको कैलाश गाउँपालिका–३ फास्टर बस्ने ४६ वर्षीय ठुलोकान्छा चेपाङ मृत फेला पर्नुभएको हो ।
मकवानपुरको कैलाशमा एक जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको कैलाश गाउँपालिका वडा ३ फास्टर बस्ने ४६ वर्षीय ठुलोकान्छा चेपाङ मृत फेला परेका हुन् ।
म्यानमारको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा मृत शरीर पानीबाट बाहिर निकालेका छन् भने बाँकी वेपत्ता रहेको एक स्थानीय बासिन्दाले सोमबार बताएका छन् ।
मर्मतका लागि तीन दिन सवारीसाधन आवागमन एकतर्फी बन्द गरिएको हेटौँडा–कुलेखानी–काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग आइतबार साँझबाट सञ्चालनमा आएको छ ।
फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् ।
जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाको अनुमोदन आगामी अक्टोबर २७ मा हुने आम निर्वाचनअघि घटेको एक साताको सर्वेक्षणले देखाएको छ ।
गुल्मीमा वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको छ । कात्तिक ८ गते बिहीबारदेखि यस जिल्लामा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।