भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको हकमा वन ऐन लागू हुनु नहुने बताउनुभएको छ ।
छठ पर्व नजिकिएसँगै डोम समुदाय जो परम्परागत रूपमा बाँसका सामग्री बनाउनमा कुशल मानिन्छ, उनीहरू बाँसका सामग्री बनाउनमा व्यस्त छन् ।
इजरायली सेनाले हिजबुल्लाहलाई आर्थिक सहयोग गरेको आरोपमा एक समूहलाई लक्षित गरी मिसाइल आक्रमणको नयाँ शृङ्खला सुरु गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।
सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।
ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ । कर्जा लगानीसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले आज हस्ताक्षर गर्नुभएको छ ।
बाँकेको खजुरा-६ स्थित गिजरा सामुदायिक वनबाट दुई चितुवा नियन्त्रणमा लिए पनि सो क्षेत्रका स्थानीय वासिन्दा अझै चितुवाको त्रासमा छन् ।
निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ ।
तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् ।
साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को खेलमा भुटानले श्रीलङ्कालाई सजिलै हराएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्र । दशैँ तिहार बिदाको अवसरमा आन्तरिक पर्यटकले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेको पाइन्छ ।
पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोलखामा पनि प्रदर्शन गरेको छ । राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै दोलखामा सोमबार प्रदर्शन गरेका हुन् ।
मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्का विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा नागरिकहरूमाथि जारी इजरायली आक्रमणको निन्दा गर्दै युद्ध लम्बिएमा हुने मानवीय सङ्टबारे चेतावनी दिँदै द्वन्द्वको तत्काल अन्त्य गर्न आग्रह गर्नुभएको छ ।
हिन्दुहरूको महान् चाड दसैँ सकिएसँगै अहिले ताप्लेजुङका गाउँघर सुनसान हुन थालेका छन् । व्यवसाय, रोजगार लगायतका काममा संलग्नहरू आफ्नो कर्मथलो फर्कन थालेपछि गाउँघर सुनसान हुँदै गएको हो ।
स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले सेभियामाथि फराकिलो जित निकालेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झन्डै ५८ अङ्कले ओरालो लागेको छ ।