धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झन्डै ५८ अङ्कले ओरालो लागेको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको सय दिनमा गर्नुभएको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको तयारी गरिरहेको नेकपा (माओवादी केन्द्र)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छ ।
लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा चेल्सीलाई २–१ गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
भारतबाट अवैध रूपमा तस्करी गरेर नेपाल भित्र्याइएको ठुलो परिमाणमा चिनी रुपन्देहीको भैरहवाको गोदामबाट बरामद गरिएको छ ।
बुटवलमा पुस महिनामा औद्योगिक व्यापार मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ३ देखि १८ गतेसम्म बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेला–२०८१ का लागि सोमबार सङ्घमा बसेको कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गर्नुको साथै जिम्मेवारी बाँडफाँट गरेको छ ।
सामाखुसी यातायात प्रालिले सात करोड रुपियाँको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबिच गठबन्धन भएको बताउनुभयो ।
भारतको राजधानी नयाँ दिल्लीमा सोमबारको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३४९ मा झरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयकोको जिम्मेवारी सम्हालेको सय दिनमा लक्ष्य अनुसार काम गर्न सकेको बताउनुभएको छ ।
वीरगन्ज भन्सार कार्यालयमा हुने राजस्व सङ्कलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले २२ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
पछिल्लो दिनमा बदलिँदो साङ्गीतिक माहौलसँगै युवापुस्तामा विदेशी र पश्चिमा संस्कृतिको छाप पर्दै जाँदा नेपाली मौलिक परम्पराका बाद्यबादनप्रतिको मोह मर्दै गएको छ ।
साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा पाँच करोड २३ लाख रुपियाँ बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेललाई जिम्मेवारी दिन लाग्नुभएको छ ।
बाढी प्रभावित पाँचथरका तीन सय ८८ परिवारले राहत पाएका छन् । स्विस सरकार र हेल्भेटास नेपालले यत्तिका परिवारलाई राहत सामग्री उपलब्ध गराएका हुन् ।