नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको बेला सुरु गरेको भ्रष्टाचार विरोधी अभियान निरन्तर अघि बढ्ने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लो विपद्का समयमा समाचार सम्प्रेषणका दृष्टिले राष्ट्रिय समाचार समिति (रासस) को उपस्थिति महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझै प्रभावकारी र समृद्ध रूपमा अघि बढाउने बताउनुभएको छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । लमजुङ 'ख' बाट निर्वाचित भेषबहादुर पौडेल सोमबार वन तथा वातावरण मन्त्री नियुक्त भएपछि नौ सदस्यीय गण्डकी सरकारले पूर्णता पाएको हो ।
रुपन्देहीको भैरहवामा जारी बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगितामा सोमबार बङ्गलादेशको साइक क्रिकेटर्स र नेक्सस रुपन्देही–११ विजयी भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको हकमा वन ऐन लागू हुनु नहुने बताउनुभएको छ ।
छठ पर्व नजिकिएसँगै डोम समुदाय जो परम्परागत रूपमा बाँसका सामग्री बनाउनमा कुशल मानिन्छ, उनीहरू बाँसका सामग्री बनाउनमा व्यस्त छन् ।
इजरायली सेनाले हिजबुल्लाहलाई आर्थिक सहयोग गरेको आरोपमा एक समूहलाई लक्षित गरी मिसाइल आक्रमणको नयाँ शृङ्खला सुरु गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।
सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।
ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ । कर्जा लगानीसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले आज हस्ताक्षर गर्नुभएको छ ।
बाँकेको खजुरा-६ स्थित गिजरा सामुदायिक वनबाट दुई चितुवा नियन्त्रणमा लिए पनि सो क्षेत्रका स्थानीय वासिन्दा अझै चितुवाको त्रासमा छन् ।
निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ ।
तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् ।
साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को खेलमा भुटानले श्रीलङ्कालाई सजिलै हराएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्र । दशैँ तिहार बिदाको अवसरमा आन्तरिक पर्यटकले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेको पाइन्छ ।