कमल खत्री
धम्बोझी, कात्तिक ५ गते । कोहलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रदीप भट्टराई विजयी हुनु भएको छ । भट्टराईले नेतृत्व गरेको लोकतान्त्रिक व्यवसायी समूहका अधिकांश पदाधिकारी र सदस्यहरू विजयी हुनु भएको छ । प्रदीप भट्टराईले ७ सय ९५ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्वन्द्वी अञ्जना धितालले ६ सय ४६ मत पाउनु भएको थियो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा चण्डी प्रसाद गैरे, उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुवेदी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपक बहादुर भण्डारी, उप–महासचिवमा राज कुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कँडेल र सह–कोषाध्यक्षमा टङ्क प्रसाद खनाल विजयी हुनु भएको छ ।
गैरेले ७ सय ८४ मत, सुवेदीले ७ सय १६ मत, विष्टले ८ सय ४९ मत, भण्डारीले ८ सय ३५ मत, पौडेलले ७ सय ६५, कँडेलले ७ सय ४८ र खनालले ७ सय ७६ मत पाउनु भएको थियो । महिला सदस्यहरूमा ममता थापा, सीता गोगी अधिकारी विजयी हुनु भएको छ ।
यसै गरी खुला सदस्यहरूमा अङ्कित सिग्देल, ढक बहादुर थारु, अमृत प्रसाद पौडेल, अशोक गौडेल, किरण कुमार विक, किरण प्रसाद श्रेष्ठ, गिरीधारी शर्मा सुवेदी, गौरव श्रेष्ठ, नोखराज रावत, श्रीधर घिमिरे र एशोसिएट सदस्यमा राजेन्द्र प्रसाद रिजाल विजयी हुनु भएको छ ।
१ हजार ६ सय ६८ मतदाता मध्ये १ हजार ४ सय ९५ अर्थात् ८८.६८ प्रतिसतले मतदान गर्नु भएको थियो । १ सय ९२ जना मतदाताले निर्वाचनमा मताधिकारको प्रयोग गर्नु भएन ।