शहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हाल्नुभएको सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो ।
ओखलढुङ्गाका ८४ जनालाई डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
इजरायली सेनाले आइतबार बिहान दक्षिण बेरुतका दुई छिमेकमा ‘हिजबुल्लाहसँग सम्बद्ध’ भनिएका भवनहरू नजिक रहेका नागरिकहरूलाई तुरुन्तै खाली गर्न आदेश दिएको छ ।
कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डले आइतबार पूरक परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।
आज अक्टोबर २० अर्थात् अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘गृह श्रमिकको माग–गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा र मर्यादित काम’ भन्ने मागमा साथ नेपालमा पनि आज गृह श्रमिक दिवस मनाइँदैछ ।
भारतीय एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा ढिलाई निम्त्याएको भारतीय सञ्चारमाध्यमहरूले आइतबार बताएका छन् ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताउनुभएको छ ।
काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला खसीबोका बेचेर आत्मनिर्भर बन्दै गएका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी र वसन्त सहकारीमार्फत यहाँका महिलाले खसीबोका पाल्ने र बच्दै व्यवसाय गर्दै आएका हुन् ।
कास्कीको शहरी चोक र गैह्रापाटक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि जिल्ला प्रशासन कार्यालयले कास्कीको ती क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
यादव समुदायका सिराहा सप्तरीका विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरुले सामाजिक कलङ्कका रुपमा रहेको दाइजोप्रथा हटाउन अभियान नै थाल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिएको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारलाई चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ११ प्रतिशतभन्दा कम अनुदान र राजस्व प्राप्त भएको छ । प्रदेश सरकारलाई बाँडफाँटबाट र प्रदेश सरकारको आफ्नै स्रोतबाट राजस्व सङ्कलन तथा समानीकरणलगायतका शीर्षकमा अनुदान प्राप्त हुँदै आएको छ ।
स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ रु एक लाख ६५ हजार कायम भएको छ ।
भित्रीमधेश क्षेत्र आलिताल गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल भवन निर्माण अलपत्र परेको छ ।
अस्ट्रेलियाको वेरोजगारी दर सेप्टेम्बरमा ४.१ प्रतिशतमा स्थिर छ । अर्थव्यवस्थाले ५० हजारभन्दा बढी रोजगारी थपेसँगै बेरोजगारी ४.१ प्रतिशतमा स्थिर रहेको हो ।