• ७ मंसिर २०८१, शुक्रबार

अस्ट्रेलियाको बेरोजगारी ४.१ प्रतिशत

blog

सिड्नी, कात्तिक ४ गते । अस्ट्रेलियाको वेरोजगारी दर सेप्टेम्बरमा ४.१ प्रतिशतमा स्थिर छ । अर्थव्यवस्थाले ५० हजारभन्दा बढी रोजगारी थपेसँगै बेरोजगारी ४.१ प्रतिशतमा स्थिर रहेको हो ।

अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित आधिकारिक श्रम शक्ति डेटाले सेप्टेम्बरमा वेरोजगारी ४.१ प्रतिशत रहेको देखाएको छ । अर्थव्यवस्थाले अगस्ट र सेप्टेम्बरमा ६४ हजार एक सय रोजगारी थपेको छ ।

जसमा ५१ हजार ६ सय पूर्ण–समय कामहरू समावेश छन् । इतिहासमा पहिलो पटक सेप्टेम्बरमा अस्ट्रेलियामा पूर्ण–समय काम गर्ने मानिसहरूको सङ्ख्या १० मिलियन नाघेको छ ।

रोजगारी–जनसङ्ख्या अनुपात अगस्टमा ६४.३ प्रतिशतबाट बढेर सेप्टेम्बरमा ६४.४ प्रतिशतको समान रेकर्ड उच्चमा पुगेको छ । रोजगारीमा रहेका वा सक्रिय रूपमा कामको खोजीमा रहेका काम गर्ने उमेरको जनसङ्ख्याको अनुपात मापन गर्ने सहभागिता दर ६७.२ प्रतिशतको नयाँ रेकर्ड उच्चमा पुगेको छ ।

अगस्ट र सेप्टेम्बरको बिचमा अस्ट्रेलियालीहरूले काम गर्ने कुल घण्टा ०.३ प्रतिशतले बढेर १.९६८ बिलियन पुगेको छ । तथ्याङ्कको जवाफ दिँदै कोषाध्यक्ष जिम चाल्मर्सले हालको सरकारले २०२२ मा सत्तामा आएदेखि १० लाख रोजगारी सिर्जना गरेको तथ्याङ्कले देखाएको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल