• ४ कात्तिक २०८१, आइतबार

दुर्घटना न्यूनीकरण गर्न सडकमै कृत्रिम अभ्यास

blog

कृत्रिम अभ्यास गर्दै सुरक्षाकर्मी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, कात्तिक ४ गते । चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न गुल्मीमा कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तिहार एवं छठपर्वमा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न सुरक्षा निकायले कृत्रिम पूर्व अभ्यास गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ  । 

चाडपर्वको समयमा सडकमा हुने सवारीचाप र दुर्घटनालाई केन्द्रित गरेर गर्जुरामा काल्पनिक नमुना अभ्यास गरिएको हो । नेपाल प्रहरीले भीड नियन्त्रणसम्बन्धी, सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मले सवारी दुर्घटनापछि उद्धार र नेपाली सेनाको रामबाड गुल्मले आगलागी नियन्त्रणसम्बन्धी कृत्रिम अभ्यास गरेका हुन् ।

अभ्यासमा सदरमुकाम तम्घासदेखि रेसुङ्गा जाने सडकमा सवारी दुर्घटना र यात्रु घाइते भएको देखाइएको थियो । अभ्यासमा खटिएका सुरक्षाकर्मी कति घाइते थिए भने केही डक्टरको भएको अभिनयमार्फत दृश्य प्रस्तुत गरियाे । विपद् भइसकेपछि उद्धारका लागि गाउँबासीलाई उनीहरुले गुहार मागे । सुरक्षाकर्मी सवारी दुर्घटनास्थलमा पुगेर घाइेतहरूलाई स्टेचर मार्फत सुरक्षित स्थानतर्फ लगेका थिए । 

विपद् र चाडपर्वको समयमा हुन सक्ने दुर्घटनालाई केन्द्रित गरी  प्रदर्शन गरिएको सशस्त्र प्रहरी वल ३७ नम्बर गुल्का प्रहरी नायब उपरीक्षक पवन खड्काले जानकारी दिनुभयो। 

चाडपर्वको समयमा कुनै पनि दुर्घटना नहोस् भन्ने प्रशासनले अपेक्षा राखेको प्रमुख जिल्ला अधिकारी कृषप्रसाद शर्माले बताउनुभयो । अभ्यासले समाजमा हुने कुनै पनि दैविक प्रपोका घटनाहरुमा हुनसक्ने क्षति कम गर्ने उद्येश्य रहेको शर्माले बताउनुभयो । 

गुल्मीमा पछिल्लो पाँच वर्षको तुलनामा अघिल्लो आर्थिक बर्ष मानवीय क्षति र सवारी दुर्घटना कमी आएको छ । प्रहरीले दुर्घटना न्यूनीकरणका लागि गरेका नमुना अभ्यासहरु प्रभावकारी बन्दै गएका छन् ।