लाइसेन्स लगायतका कागजपत्र जाँच गर्ने, जरिमाना काट्ने ट्राफिक प्रहरीले सडक मै स्वास्थ्य परीक्षण गरेपछि सवारी चालक खुसी भएका छन्।
जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् ।
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
दसौँ धारा नेपालगन्ज म्याराथनको प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार आयोजना गरिएको राप्तीसोनारी ५ किलोमिटर रनको उपाधि आयुस केसी र अनिशा थारुले जित्नुभएको छ ।
आवेदन सङ्कलन गरेको चार वर्षपछि गुल्मीमा वडा स्तरबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मन्त्रिपरिषद् पुनः गठन गर्दै पाँच मन्त्रीलाई बर्खास्त गरी नयाँ नियुक्त गर्नुभएको छ ।
वर्षा बाढी र पहिरो पछिको रमाइलो चाड, सारा नेपालीको अत्यन्त मन पर्ने चाड ।
युक्रेनमा शनिबार भएको रुसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पर्यटनबाट समृद्धि सम्भव रहेको बताउनुभएको छ ।
लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताउनुभएको छ ।शनिबार वन तथा वातावरण मन्त्रालयले काठमाडौँमा आयोजना गरेको जलवायु राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
सर्लाहीको हरिपूर्वामा एक भारतीय युवकको बीभत्स ढङ्गले हत्यागरी फरार रहेका युवक डेढ वर्षपछि पक्राउ परेका छन् ।
नेपाल तरुण दलले ७२ औँ स्थापना दिवसको अवसरमा फलफूल वितरण गरेको छ । नेपाल तरुण दल जाजरकोटले जिल्ला अस्पताल जाजरकोट उपचारमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किवी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ ।
जिल्लामा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले अभियानमार्फत कुकुरको बन्ध्याकरण गर्न थालेको हो ।