कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा संरक्षित वन्यजन्तु कृष्णसारको बढोत्तरी भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल पर्यटकका लागि गन्तव्य स्थल बन्दै गएको छ । घोडाघोडीमा हिजोआज पर्यटकको चहलपहल बढ्दै गएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शून्यमा झार्न नेतृत्व तहमा रहेकाहरूले पारदर्शी व्यवहार देखाउनुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले कांग्रेस–एमाले साझा सहमतिप्रति प्रतिबद्ध रहेकाले अरू कसैले चाहँदैमा सरकार नढल्ने बताउनुभएको छ ।
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ ।
कञ्चनपुरको महेन्द्रनगर बजारमा ठेला गुडाउँदै तितेकरेलालगायतका तरकारी बेच्दै हिँडेका व्यापारी । चाड पर्वका बेला यहाँ तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा परेका छन् ।
तिहार लक्षित सङ्खुवासभाको सदरमुकाम खाँदबारीको हाटबजारमा शनिबार छिमेकी जिल्ला भोजपुरको केउरेनीपानीबाट बिक्रीका लागि राखिएका मादल । एउटा मादल तीन हजार देखि १५ हजारसम्म बिक्री हुने गरेको व्यापारी बताउँछन् ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशका दुई ठुला दलको सहकार्यले समृद्धिको नयाँ मार्गचित्र कोर्ने उल्लेख गर्नुभएको छ ।
गोरखापत्र संस्थानका वरिष्ठ सहायक मनीषा ठाकुरलाई पितृशोक परेको छ । उहाँका पिता महेन्द्र ठाकुरको शनिबार ५३ वर्षको उमेरमा निधन भएको हो ।
शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव स्वास्थ्य, ऊर्जा भण्डारण, कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा छलफल भएको छ ।
कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रवृत्ती मार्फत सहयोग गर्न थालेको हो ।
असोज दोस्रो साता आएको बाढीका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा रहेका सबै कागजातमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या भएको छ । असोज १२ गते आएको बाढी गाउँपालिकाको कार्यालयभित्र पसेपछि गाउँपालिकामा रहेका ९८ प्रतिशत कागजात नष्ट भएका छन् ।
आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुख्र्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि सङ्कटमा पर्न थालेको हो ।