गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताउनुभएको छ । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले ३४ औँ वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई बुझाएको छ ।
कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ ।
गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फलभन्दै खुसीयाली मनाए भने केहीले भने बोट मर्ने बेला भएको हुनसक्ने टिप्पणी गरे ।
पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने एक युवा काठमाडौँको रानीवनबाट पक्राउ परेका छन् ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेश प्रदेश सरकारको मधेश–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले तिहार सकिएसँगै प्रदेश लोक सेवा आयोगमार्फत प्रदेशमा आवश्यक जनशक्ति थप्ने प्रक्रिया अघि बढाउने बताउनुभएको छ।
जापानमा आइतबार भएको निर्वाचनमा नयाँ प्रधानमन्त्री शिगेरु इशिबा र उहाँको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) ले सन् २००९ यताकै सबैभन्दा खराब नतिजाको सामना गर्नुपर्ने निर्वाचन सर्वेक्षणहरूले देखाएका छन् ।
रियलको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४–० गोलले हरायो ।
बस्ती विवादका कारण लामो समयदेखि निर्माण कार्य अगाडि बढ्न नसकेको बाँकेको बैजनाथ गाउँपालिका–२ र ३ मा निर्माणाधीन नौबस्ता औद्योगिक क्षेत्रको काम अघि बढाउने सहमति बनेको छ ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष बद्री केसीले राजनीतिक हस्तक्षेपले गैरआवासीय अभियानमा समस्या आएको बताउनुभएको छ।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा छ लेनको सडक बनाउने कार्य सुरु भएको छ । सडक मापदण्डभित्र रहेका घरटहरा भत्काएपछि तदारुकताका साथ काम भइरहेको आयोजनाले जनाएको छ ।
जापानमा जारी उसुको तेस्रो थाउलो विश्वकप–२०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक प्राप्त भएको छ ।
सरकारबाट सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रका रूपमा स्थापित हुन थालेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको कला, संस्कृति तथा भूगोलसँग जोडेर पुर्खाको थातथलोका बारेमा जानकारी दिन र नेपालमा नै लगानी गर्नसक्ने अनुकूल वातावरणको सिर्जना गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ।