काठमाडौँ, कात्तिक ११ गते । पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने एक युवा काठमाडौँको रानीवनबाट पक्राउ परेका छन् ।
काठमाडौँको नागार्जुन नगरपालिका–१ नमुना टोलमा पेस्तोल देखाएर त्रसित बनाउँदै हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ घर भई सोही स्थानमा बस्ने २५ वर्षका अनिल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले निजको कोठा खानतलासी गरी पेस्तोल र खाली म्यागेजिन एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । पक्राउ परेका खड्कामाथि प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । रासस