नवलपुरका पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ । चितवनको माडी नगरपालिका –१ चैनपुर स्थायी घर भइ नवलपुरमा पत्रकारिता गर्दैआएका क्षेत्रीको ४० वर्षको उमेरमा गए राति निधन भएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयार भएको बताउनुभएको छ ।
नवलपुरको पहाडी क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । राजमार्गदेखि उत्तरतर्फका पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण हुँदा यस क्षेत्रमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन भन्नुभएको छ ।
चाडपर्व मनाउन कृषि उपज बिक्री गर्नुपर्ने बाध्य भएका रौतहटका किसान यतिबेला मर्कामा परेका छन् । आम्दानीको अन्य स्रोत नभएपछि धान बिक्री गरेर चाड पर्व मनाउन बाध्य भएका किसान मल्य घटेपछि मर्कामा परेका हुन् ।
साविक विजेता बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
मनसुन सक्किएर वर्षा कम भएपछि यतिबेला इलाममा भारतीय पर्यटक आउन थालेका छन् । इलामको कन्याम, अन्तु हुँदै इलाम भएर पर्यटकीयस्थल सन्दकपुरसम्म जाने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।
विश्वकप लिग–२ मा नेपालले पहिलो खेल आज राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। उक्त खेल राति ९ः१५ बजे सुरु हुनेछ।
देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल याद आउँछ । अब यस वर्षको तिहार सुरु हुन केही दिन मात्रै बाँकी छ । त्यसैले पनि अहिले काठमाडौँमा मादल किन्नेहरुको भिड छ ।
तनहुँको व्यास नगरपालिका–११ मूलपानी निवासी लक्ष्मण अधिकारी क्षेत्रीले आफ्नो ८४ पूजा तथा जन्मदिनको उपलक्ष्यमा ज्येष्ठ नागरिक चौतारी वृद्धाआश्रमलाई आइतबार खाद्यान्न, लत्ताकपडा तथा नगद सहयोग गर्नुभएको छ ।
नेपाली सेनाले दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिएको छ । सल्यान सिमखर्कस्थित श्री सिद्धिवक्स गण सल्यानले एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना स्वास्थ्य सेवा दिएको हो ।
गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर–६, स्थित डहरे खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको छ। यहाँको रिडी (रुद्रावेणी–वामीटक्सार) सडकखण्डमा पर्ने डहरे खोलामा मोटरेबल पुल निर्माण आइतबार शिलान्यास गरिएको हो।
अमेरिकी राष्ट्रपति को चुनाव नजिकिंदै गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने आशा गर्नुभएको उहाँका अभिव्यक्तिले पुष्टि गरेका छन् ।
पछिल्लो समय इलाममा कुकुरले टोकेका बिरामी बढेका छन् । इलाम अस्पतालमा दैनिकजसो कुकुरले टोकेको बिरामी आउने गरेका छन् ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले तीन तहका सरकार मिलेर एकीकृत स्वास्थ्य योजना बनाउन अत्यावश्यक रहेको बताउनुभएको छ ।