नेपाली समाजमा पिताको पेसा वा व्यवहार पछ्याउने सन्तानले बाबुको बिँडो थामेको भनेर प्रशंसा गरिन्छ ।
पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीमाथि तीन कसुरमा एकसाथ अनुसन्धान जारी छ ।
अदालतमा मिलापत्र भइसकेको विषयलाई गाली बेइज्जती गर्ने उद्देश्यले संसदीय सुनुवाइ समितिमा प्रवेश गराएको भन्दै कृष्णमान प्रधानले एक उजुरीकर्ताविरुद्ध मुद्दा दायर गर्नुभएको छ ।
सदर चिडियाखाना जाउलाखेलमा दुर्लभ वन्यजन्तु हिउँचितुवा अवलोकन गर्न खुला गरिएको छ ।
सरकारले विद्यालय तहको पुस्तक छपाइमा निजी प्रकाशनगृहको दायर खुम्च्याउँदै लगेको छ ।
बुटवलको सुप्रिम सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलनले प्रहरी अनुसन्धान प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
जग्गा प्राप्तीको विवादले अलपत्र परेको लुम्बिनी प्रदेश सरुवा रोग अस्पताल भवन निर्माणको कामले गति लिएको छ । प्रदेशसभा सदस्य अर्जुनकुमार केसीको पहलमा लुम्विनी प्रदेश सरकारले जग्गा प्राप्तिको प्रक्रिया पूरा गरेपछि भवन निर्माणको काम सञ्चालनमा आएको छ ।
मध्य सुडानको एउटा गाउँमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले शुक्रबार गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै दुई सय भन्दा बढी घाइते भएका गैरसरकारी समूहहरुले जनाएका छन् ।
अविरल वर्षाका कारण बन्द रहेको रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।
युक्रेनविरुद्धको युद्धमा रुसलाई सघाउन उत्तर कोरियाली सेना तैनाथ गर्दा स्थलगत लडाइँमा खासै असर पर्ने सम्भावना कम भए पनि एसिया, युरोप र अन्यत्रको सुरक्षा चासोमा असर पर्न सक्ने विश्लेषकहरुले बताएका छन् ।
नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पछिल्लो केही वर्षदेखि मधेशमा देखिएको खानेपानीको समस्या समाधानका लागि खानेपानी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ।
कपिलवस्तु क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री सुरेन्द्र राज आचार्यले दिन प्रतिदिन लोप हुन लागेको भाषा संस्कृतिलाई संरक्षण गर्नु पर्ने बताउनुभएको छ।
लेखक तथा समाजसेवी भजुमनराम महतोको नयाँ कृति ‘थारु जातिको संक्षिप्त इतिहास र संस्कृति’ लोकार्पण गरिएको छ ।
आरजु राइस बेलबारी गोल्डकप फुटबलको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ ।
दोलखाबाट विद्यावारिधि गरेका व्यक्तिहरूको सञ्जाल ‘दोलखा विद्यावारिधि फोरम’ गठन हुने भएको छ ।