• २८ मङ्सिर २०८२, आइतबार

सडकमै चालकको स्वास्थ्य जाँच

blog

स्वास्थ्य परीक्षण गराउँदै चालक ।

जानु पाण्डे

कपिलवस्तु, कार्तिक १० गते। लाइसेन्स लगायतका कागजपत्र जाँच गर्ने, जरिमाना काट्ने ट्राफिक प्रहरीले सडक मै स्वास्थ्य परीक्षण गरेपछि सवारी चालक खुसी भएका छन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले राजमार्गमा चल्ने सार्वजनिक सवारी साधनका चालकको स्वास्थ्य परीक्षणलाई अभियानको रूपमा सञ्चालन गरेसँगै नियमित स्वास्थ्य चेकजाँचमा चासो नदिने सवारी चालक लाभान्वित भएका छन्। कार्यालयले शुक्रबारबाट चेकजाँच अभियानको सुरुवात गर्दै ८७ जना सवारी चालकको स्वास्थ्य परीक्षण गरेको थियो।

छन्दे काले बाबु नारायणी आँखा अस्पताल बहादुर गन्ज, गोरुसिङ्गे स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा सवारी चालकको आँखाको दृष्टि र रक्तचापको परीक्षण गरिएको थियो। 

सवारी चालकले आफै पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ। तर खासै चासो दिएको पाइँदैन। जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढ्दै जान्छ। यही जोखिमलाई कम गर्न सडक स्वास्थ्य चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक पङ्कज चुँदालीले बताउनुभयो।

स्वास्थ्य परीक्षण गरिएका केही चालकमा स्वास्थ्य समस्या देखिएको थियो। आँखाको दृष्टि, रङ्ग नचिन्ने र रक्तचापका समस्या देखिएको थियो। समस्या भएका सवारी चालकलाई थप उपचारको लागि परामर्श गरिएको आँखा अस्पताल बहादुर गन्ज दृष्टि विशेषज्ञ चिकित्सक सुशील कार्कीले बताउनुभयो।

यो अभियानलाई जिल्लामा युनिटले सञ्चालन गर्ने योजना रहेको छ। कारबाही गर्ने, राजस्व सङ्कलन गर्ने मात्र हाम्रो काम होइन। 

सिर्जनात्मक काम तथा सचेतना गर्ने र चालक, सहचालक, यात्रुको गुनासो  तथा सुझाव लिएर दुर्घटनाको जोखिम समेत घटाउने लक्ष्य लिएको प्रहरी नायव निरीक्षक राघव सिंह राठौरले बताउनुभयो।