• २६ पुस २०८१, शुक्रबार

स्थापना दिवसका अवसरमा फलफूल वितरण

blog

तरुण दलका अध्यक्ष लोकेन्द्र चन्द बिरामीलाई फलफूल वितरण । तस्बिर : वासुदेव शर्मा

बासुदेव शर्मा
जाजरकोट, कात्तिक १० गते ।
 नेपाल तरुण दलले ७२ औँ स्थापना दिवसको अवसरमा फलफूल वितरण गरेको छ । नेपाल तरुण दल जाजरकोटले जिल्ला अस्पताल जाजरकोट उपचारमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो ।

धर्म गरौँ पुण्य कमाऊ भन्ने भावनाका साथ कांग्रेस निकट भातृ सङ्गठनका रूपमा रहेको नेपाल तरुण दलले समाज सेवालाई निरन्तरता दिन जिल्ला अस्पतालमा उपचार गरिरहेका २४ जना बिरामीलाई फलफूल वितरण गरिएको नेपाल तरुण दलका अध्यक्ष लोकेन्द्र चन्दले बताउनुभयो ।

समाज सेवामार्फत दिवसलाई मनाउने क्रममा बिरामीलाई केही सहयोग गर्न पाउन खुसी व्यक्त गर्नुभयो । बिहान जिल्ला अस्पताल जाजरकोट पुगेको नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घको टोलीले अस्पताल परिसर भित्र सरसफाइ गरेको छ । नेपाल तरुण दलले दैवी प्रकोप, विनाशकारी भूकम्पमा जनतालाई सहयोग गर्दै आएको आगामी दिनमा पनि जनताको साथमै रहने नेपाल तरुण दलका केन्द्रीय सदस्य रमेश चन्दले बताउनुभयो ।

जिल्ला अस्पताल जाजरकोटका प्रमुख डा सुनिल पुनले तरुण दलले सरसफाइ तथा फलफूल वितरणले स्वास्थ्यकर्मी र बिरामीको मनोबल बढाउने काम गरेको प्रति खुसी व्यक्त गर्नुभयो । उहाँहरूले गरेको कार्यले समाजमा सामाजिक भावना पैदा हुने एक अर्का प्रतिको धार्मिक, आर्थिक, सामाजिक संस्कृतिको विकास हुने विश्वास लिएको उहाँको भनाइ छ ।

सार्वजनिक स्थानमा सरसफाइ र बिरामीहरूको अवस्था बुझी फलफूल वितरणको कार्यले पछिल्लो पुस्तालाई समाज सेवामा लाग्ने प्रेरणा दिएको छ ।