• २६ पुस २०८१, शुक्रबार

‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ’

blog

उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह गणेशमान सिंह प्रतिष्ठानद्वारा आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रासस

पाटन (ललितपुर), कात्तिक १० गते । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्र निर्माणका लागि समाजलाई रूपान्तरण गर्न खेलकुदले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने बताउनुभएको छ ।

गणेशमान सिंह प्रतिष्ठानद्वारा आज यहाँ आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन समारोहमा उहाँले खेलकुदको माध्यमबाट सामाजिक रूपान्तरणमा योगदान पुग्नाका साथै अनुशासित जनशक्ति विकासमा पनि सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यालय तहदेखि नै टेनिसलगायत खेलकुदलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सुझाव दिनुभयो ।

प्रतिष्ठानका कार्यसमिति सदस्य भाष्करमान सिंहले प्रतियोगिताका निम्ति सहयोग गरेका सबै सङ्घसंस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

नेपाल टेनिस सङ्घका सचिव मालिका राणाले प्रतियोगिताका माध्यमबाट खेलाडी उत्पादनका साथै प्रतिभा प्रस्फुटनमा सहयोग पुगेको बताउनुभयो । रासस