• ७ मंसिर २०८१, शुक्रबार

नाइजेरियाका राष्ट्रपतिद्वारा मन्त्रिमण्डल हेरफेर

blog

नाइजेरिया, कात्तिक १० गते । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मन्त्रिपरिषद् पुनः गठन गर्दै पाँच मन्त्रीलाई बर्खास्त गरी नयाँ नियुक्त गर्नुभएको छ ।

शिक्षा, पर्यटन, युवा विकास र महिला मामिला मन्त्रीहरू साथै राज्य, आवास र सहरी विकास मन्त्रीलाई बर्खास्त गरिएको राष्ट्रपतिका वरिष्ठ प्रवक्ता बायो ओनानुगाले मन्त्रिपरिषद् बैठकपछि बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल