महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आइतबार आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आइतबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत अहिले अमेरिकाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। टस जितेर नेपालले अमेरिकालाई ब्याटिङको निम्तो दिएको छ।
म्याग्दीको मालिका-७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा ३२ लाख ४४ हजार सङ्कलन भएको छ।
भेरी साहित्य समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती, रचना वाचन र शुभकामना आदान प्रदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ।
सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ ।
राष्ट्रिय जनावर गाईको संरक्षणको लागि तनहुँमा अक्षय कोष स्थापना गरिएको छ । व्यास नगरपालिका –१० दुम्सीस्थित गौ संरक्षण तथा सरसफाई व्यवस्थापन केन्द्रले दाताहरुबाट रकम सङ्कलन गरेर वेदव्यास गौ संरक्षण अक्षय कोष स्थापना गरेको हो ।
पाल्पाको विभिन्न स्थानमा तोरी फुलेका छन्। केही महिनाअघि यहाँका किसानले लगाएका तोरी फुलेर बारी पहेँलै बनेका छन्।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–७ स्थित नगदेशमा शनिबार ज्यापू महागुथी नेपा, उपकार साकोस र नृत्यनाथ बासुरी खलद्वारा आयोजित सामूहिक म्हःपूजा ।
महान पर्व तिहारको अवसरमा दक्षिण कोरियामा काम विशेषले बसोबास गर्ने नेपालीले देउसी भैलो खेली रमाइलो गरेका छन् । यस पटक तिहारको देउसी खेल्ने मुख्य दिन शनिबार र भाइटीका आइतबार परेकाले कोरियामा भब्य रुपले मनाइएको हो ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताउनुभएको छ।
बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट जुलाईमा भएको आम निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि राजीनामा दिएका ऋषि सुनकको स्थानमा शनिबार ‘एन्टी–वोक’ उम्मेदवार केमी बदेनोच चयन हुनुभएको छ।
हङकङ सिक्सेस क्रिकेटको क्वाटरफाइनलमा पराजित नेपालले प्लेट सेमिफाइनल खेल्ने भएको छ।
नेपालले आइसिसी विश्वकप लिग-२ मा शनिबार राति अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। लिग-२ को अघिल्लो खेलमा स्कटल्यान्डमाथि सहज जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित खेवाङमा सम्पन्न खेवाङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पेदाङ स्पोर्टिङ क्लबले जितेको छ । पाँचथरको कुम्मायक गाउँपालिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै सिरिजङ्घा गाउँपालिका –५ पेदाङले उपाधि जितेको हो ।