नेपाल गोजुरियो कँराते-डो संघ स्याङ्जाको आयोजना फेदीखोला गाउँपालिका २ को समन्वयमा तेस्रो जिल्ला स्तरीय बेल्ट ग्रेडिङ्ग तथा दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ।
जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिकाका बस्तीमा पुष्प खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ ।
निर्धारित समयमा काम पूरा गर्न तिहार बिदाको समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले कामलाई निरन्तरता दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्त्वर्पूण पर्व भएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउनुभएको छ । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा शनिबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकाले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसानहरुले रहर (अडहर)को खेती छाडेर पछिल्लो समयमा बदाम (ममफली) खेतीतर्फ आकर्षित भएका छन् । केही वर्ष अघिसम्म पनि रहरको खेती गर्ने त्यहाँका किसानहरुले अहिले भने बदाम खेतीमा राम्रो आम्दानी हुने भएको भन्दै बदाम खेतीतर्फ आकर्षित भएका हुन् ।
सर्लाहीको बरहथवा नगरपालिका–७, बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट ठूलो मात्रामा धनमालको क्षति भएको छ । स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा भएको आगलागीबाट व्यापक क्षति पुगेको हो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार सँगसँगै नयाँ वर्षको शुभारम्भ हुने नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको बताउनुभयो ।
सभामुख देवराज घिमिरेले नेपाल संवत् ११४५ को अवसरमा नयाँ वर्ष नेपाल संवत् ११४५ ले सबै नेपालीहरूको जीवनमा सफलता, नयाँ उत्साह र उमङ्ग ल्याउन प्रेरणा प्रदान मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।
हङकङ सिक्सेसमा नेपालले लगातार दोस्रो जित निकालेको छ । पूल ‘बी’को अन्तिम खेलमा नेपालले शनिबार बिहान अस्ट्रेलियामाथि ११ रनको जित निकालेको हो ।
यहि विनाशकारी भूकम्प गएको कात्तिक १७ गते एक वर्ष पूरा भएको छ । यस अवधिसम्म पनि प्रभावित नागरिकहरु अस्थायी आवास (टहरा) मै खुम्चिएका छन् । भूकम्पको बेला पुनर्निर्माणमा ढिलाई नगर्ने र पीडितकै साथमा रहेको बताएको सङ्घीय सरकारले अस्थायी आवास निर्माणकै कामलाई पूरा गर्न नसकेको गुनासो रहेको छ ।
तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा÷च्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक बताएको छ । यस वर्ष सरकारले पत्रकारहरूलाई बचाउन कम प्रयास गरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको आवश्यक दोस्रो चरण शनिबार सुरु हुने बताएको छ । इजरायली बमबारीले खोप अभियान रोकेको थियो ।