स्याङ्जाका विद्यार्थीहरु लागूऔषधको सेवनले परिवार तथा समाजमा पर्ने असरबारे अभिभावकलाई बुझाउन सक्रिय भएका छन् । वालिङ नगरपालिका–११ गब्देमा रहेको बाल शिक्षा निकेतन आधारभूत विद्यालयका विद्यार्थीहरुले सडक नाटकमार्फत जनचेतना फैलाउने अभियान सुरु गरेका हुन् ।
कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको चौँथो दिन शनिबार गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ ।
भूकम्प गएको एक वर्ष बितिसक्दा पनि सल्यानका भूकम्प पीडितले पहिलो किस्ताको रकम पाउन सकेका छैनन् । गत वर्ष कात्तिक १७ गते आजकै दिन जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पले सल्यानको दार्मा गाउँपालिकाका ४ हजार ८१ घरमा क्षति गरेको थियो ।
मोबाइलमा टिकटक, फेसबुक र युटुव चलाएर समय गुर्जाने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकका महिलाहरु फूलखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कामविहीन हुँदा मोबाइलमा भुल्ने महिलालाई हाल फूल टिप्ने, माला उनेर बिक्री गर्न म्याइनभ्याई भएको छ ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । शुक्रबारकै दररेट एकको खरिददर एक सय ३४ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ८३ पैसा कायम भएको छ ।
यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ ।
नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालभित्र मनाइने विभिन्न चाडपर्वले जनताका बिचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएका बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवतले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव, अपनत्व र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
बुधबारदेखि आएको स्पेनको सबैभन्दा ठुलो बाढीमा मृत्यु हुनेहरूको सङ्ख्या शुक्रबार दुई सय पाँच पुगेको छ। सरकारले बाँच्नेहरूको खोजीका लागि थप सैनिक परिचालन गरेको छ।
दाङमा मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार हिजुबल्लाहविरुद्धको युद्धमा इजरायली आक्रमणले लेबनानका स्वास्थ्यकर्मी र सुविधाहरूमा पारेको प्रभावबारे गहिरो चिन्ता व्यक्त गरेको छ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य ढकालको नेतृत्वमा रहेको एमाले बाँकेको देउसी भैलो टोलीलाई शुक्रबार पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले घरमा स्वागत गर्नुभयो ।