हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको छ। दुई जितसहित पूल ‘बी’को विजेता बनेर क्वाटरफाइनल पुगेको नेपाल एक हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
तिनाउ नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । भारत गोण्डाका १२ वर्षीय बालक मोहम्मद मुसबसिर खान पाल्पा तिनाउ गाउँपालिका ३ ड्यामस्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका हुन् ।
स्याङ्जाको गल्याङ नगरपालिकाका कृषि तथा पशु प्राविधिकहरू घरबारीमै पुगेपछि कृषकहरू उत्साहित भएका छन् । पालिकाले सञ्चालन गरेको ‘कृषकसँग कृषि प्राविधिक कार्यक्रम’ अन्तर्गत कृषकका खेतबारीमा प्राविधिक पुगेका हुन् ।
सुनसरीमा जुवा खेल्ने क्रममा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा जुपाडेहरुबाट करिब तीन लाख रुपियाँ बरामद गरेको छ ।
लामो समयको प्रतीक्षापछि अन्ततः हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ ।
अछामको ढकारीमा ट्याक्टर दुर्घटना हुँदा शनिबार सात जना घाइते भएका छन् । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्य साथ वृक्षरोपण अभियान जारी राखेको छ । जन्मदिनको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई वृक्षारोपण गर्न उत्प्रेरित गर्ने अभियानले जन्मदिनलाई सत्कर्मसँग जोड्ने काम गरेको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ ।
भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
तिहारमा बिक्रीका लागि मुस्ताङदेखि पोखराको सिमपानीमा ल्याइएका च्याङ्ग्रा । चाडपर्वमा च्याङ्ग्राको माग उच्च हुनेगर्छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुएला प्रस्थान गर्नुभएको छ ।
दीपावली पर्व सकेलगतै मनाइने छठ पर्वको लागि पोखरी नदी ताल तलैयामा घाटको तयारी थालिएको छ । लहान–३ स्थित रघुनाथपुर पोखरी घाटलाई सजाउन तयारी सुरु गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा र त्यस मातहतका आठ वटै जिल्लामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिभिन्न सवारीलाई चेकिङ्ग गर्दा ट्राफिक नियम विपरित रहेकाहरुबाट सो जरिवाना असुल गरिएको हो ।
धवलागिरि गाउँपालिका–७ को ताकम गाउँमा स्थानीय गाई पाल्ने चलन हराउँदै गएको छ । तीन सय ५० घर रहेको धवलागिरि–७ ताकम गाउँमा अहिले दुई घरमा मात्र गाईपालन गरिएको छ ।
साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ ।