अमेरिका-मेक्सिको सीमाको एक क्षेत्रमा शनिबार करिब दुई सय परिवार भावुक तर छोटो पुनर्मिलनका लागि भेला भए। विपरीत मुलुकहरूमा बस्ने उनीहरूले त्यहाँ वर्षौंदेखि नभेटेका आफन्तहरूलाई भेटे।
भारतीय सीमासँग जोडिएको बाँकेमा करिब १० हजार लागूऔषध प्रयोगकर्ता रहेको लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासंघले जनाएको छ ।
पर्यटकीय राजधानी पोखराको लेकसाइडमा आज विदेशी पर्यटकलाई टीका लगाउँदै नेपाली दिदीबहिनी ।
भाइटीकाको अवसरमा आइतबार सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित नेपाल–भारतको दशगजा क्षेत्रमा शुभकामना आदानप्रदान गर्दै सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काको हातबाट भाइटीका लगाउनुभएको छ ।
धान बिक्री गर्न घोडाले तान्ने बग्गीबाट नेपालगन्ज बजार लैजाँदै बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हामी नेपालीहरुको मौलिक संस्कृति, परम्परा र चाडपर्वले हाम्रो पहिचानलाई स्थापित गर्ने बताउनु भएको छ ।
नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाउनुभएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुरमा बेवारिसे एक महिलाले सडक पेटीमै बच्चा जन्माउनुभएको छ ।
औषधी व्यवस्था विभागको नेपालगन्ज शाखामा जनशक्तिको अभावले अनुगमनमा समस्या हुँदै आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अर्जुनचौपारी गाउँपालिका –२ खाल्टेमा आइतबार आगलागी भएको छ । स्थानीय भीमबहादुर क्षेत्रीको ढुङ्गामाटोले बनेको कच्ची गोठमा आगलागी भएका हो ।
अर्जुनचौपारी गाउँपालिका–२ खाल्टेमा आइतबार आगलागी भएको छ ।
तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरु सन्तुष्ट देखिएका छन् । स्थानीय व्यापारी नहकुल सिलवालले यस वर्ष पनि तिहारमा भाइटीकाका लागि ढाका टोपीको व्यापार राम्रो भइरहेको बताउनुभयो ।