अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक १८ गते । अर्जुनचौपारी गाउँपालिका–२ खाल्टेमा आइतबार आगलागी भएको छ ।
स्थानीय भीमबहादुर क्षेत्रीको ढुंगामाटोले बनेको कच्ची गोठमा आगलागी भएको हो ।
आगलागी भए पनि कुनै चौपायको क्षति नभएको र गोठ सबै जलेर क्षति भएको हो । गोठमा भएको भैँसी, बाख्रा स्थानीयको सहायताले सुरक्षित रूपमा सारेको अर्जुन चौपारी प्रहरी चौकीका असई भोगेन्द्र प्रसाद गौडले बताउनुभयो ।
अगेनाबाट खरानी उठाएर गोठको पालीमुनि घरमुली भीमकुमारी क्षेत्रीले बोरामा राखेकोमा उक्त बोरामा भएको खरानीबाट आगो निस्किएर आगो गोठमा सल्किएको हुन सक्ने असई गौडले बताउनुभयो । आगलागीबाट एक लाख भन्दा धेरै क्षति भएको प्रहरीले जनाएको छ ।