सुनसरीको वराहक्षेत्र ३ नडाहबाट जुवा खेलिरहेका १५ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा आइतबार बिहान जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
बाँकेको डुडुवा गाउँपालिका –५ सिधनियास्थित खेतमा धान थन्क्याउँदै किसान । पानी पर्ने डरले तिहारको बेला पनि किसानहरु धान थन्क्याउन व्यस्त रहेका छन् ।
तिहारको भाइटीकाको दिन आइतबार काठमाडौँ लाजिम्पाट सडकमा फाट्टफुट मात्र सवारीसाधन चलेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेललाई उहाँहरूले राष्ट्रपति भवनमा टीका लगाइदिनुभएको हो ।
यस वर्ष पनि बाँसको पुल निर्माण गरि सञ्चालनमा ल्याएको हो ।
बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले रु. नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ ।
यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मुख्य दिन दिदीबहिनी नभएका र दिदीबहिनी भएका दाजुभाईहरु पनि भाइटीका लगाउन सहभागी हुने गरेका छन् ।
जिल्लाको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाखको सयपत्री फूल बिक्री गरेका छन् ।
कुनैबेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिनुभएका मोदी गाउँपालिका–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरीपालनबाट बर्सेनि रु ३५ लाख आम्दानी गर्न थाल्नुभएको छ ।
तिहारमा तनहुँ कारागारका कैदीबन्दीलाई भाइटीका लगाउने अवसर प्रदान गरिएको छ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी कोलम्बियामा भएको जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा वन सचिव डा. दीपककुमार खराललगायत उच्च अधिकारीले स्वागत गर्नुभयो ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह वल्र्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गर्नुभएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान ८ः०० बजे इजिप्टको कायरो प्रस्थान गर्नुभएको हो ।
गुल्मीका विभिन्न स्थानका किसानले बारीमा लगाएको तोरी फुलेर पहेँलै भएको छ । यहाँका किसानले लगाएको तोरी फुलेर बारीको अत्यन्तै सुन्दर दृश्य देखिएको छ ।
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका -६ दुलीको भित्रि सडकमा जिप दुर्घटना भएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंंकक–भैरहवा–बैंकक उडान आइतबारदेखि सुरु भएको हो ।