• १८ पुस २०८१, बिहिबार

कैदीबन्दीलाई भाइटीका

blog

दमौलीस्थित तनहुँ कारागार । तस्बिर : अमरराज नहर्की

तनहुँ, कात्तिक १८ गते । तिहारमा तनहुँ कारागारका कैदीबन्दीलाई भाइटीका लगाउने अवसर प्रदान गरिएको छ । कैदीबन्दीलाई चाडपर्व खल्लो नहोस् भन्ने उद्धेश्यले आइतबार बिहान ७ बजे देखि पाँच बजे सम्म भाइटिका लगाउने प्रबन्ध मिलाईएको तनहुँ कागारका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन पाउने भएपछि कैदीबन्दीको निधार खाली नहुने भएको हो ।

दसैँमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन दिइएको अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार दुई सय ९८ जना पुरुष र २४ जना महिला कारागारमा छन् । महिला बन्दीगृहमा दुई जना आश्रित बालबालिका रहेका छन् । अधिकारीले भन्नुभयो ‘महिला र पुरुष दुवैलाई भाइटीका लगाउन र लाउन पाउने प्रबन्ध मिलाएका छौं, दसैंमा पनि टिका लगाउने अवसर मिलाएका थियौं ।’ साईत लगाउन मिल्नेले साइत अनुसार नै लगाउन पाउने र अनुकुल नमिलेकालाई अन्य साँझ पाँच बजेसम्म नै लगाउन पाउने गरी व्यवस्था गरिएको अधिकारीले बताउनुभयो ।