तनहुँमा मदिरा सेवन गरेका मजदुरबिच बिबाद हुँदा एकको हत्या भएको छ । व्यास नगरपालिकाको वडा १० र ११ को सिमानामा अधेरीभज्याङ चौतारीमा विवाद हुँदा नुवाकोटका वर्ष ४७ को दिलिप तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो ।
हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारको समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ । ऋषिङ गाउँपालिका –१ झापुटारमा निर्माणाधीन एकसय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो ।
जिल्लाको मङ्गला गाउँपालिका –३ र ४ वडामा पर्ने बरङ्जाका मगर समुदायले ‘आगोदेउ’ पर्व मनाएका छन् । बरङ्जामा बसोबास गर्ने नौ थरका ४५ कुरिया मगरहरूले हरेक वर्षको कुकुर तिहारदेखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् ।
पृथ्वीराजमार्गमा पर्ने तनहुँको बन्दीपुर गाउँपालिका –५ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताउनुभएको छ । भाइटीकाको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गर्नुभएको हो ।
अघिल्लो वर्षको कात्तिक १७ गतेको राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले रुकुमपश्चिम र जाजरकोट लगायतका जिल्लामा बिर्सन नसक्ने घाउ छोडेर गएको छ ।
काठमाडौँको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ । हरेक वर्ष यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आइतबार भाइटीकाका दिन यो मन्दिर खुलाइने चलन छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास लिएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गर्नुभएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ ।
झापाको दमकमा श्रीमतीमाथि हतियार प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन संयुक्त राज्य बेलायत प्रस्थान गर्नुभएको छ ।
वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक दीपेन्द्र गौचनले ठुलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ ।
सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टराई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किनुहुन्छ । त्यसलाई आवश्यकताअनुसार काट्नुहुन्छ, अनि काममा लाग्नुहुन्छ ।