• २९ मङ्सिर २०८२, सोमबार

खाल्टेको गोठमा आगलागी

blog

आगलागनी भएको गोठ ।

अर्जुन काफ्ले 

स्याङ्जा, कात्तिक १८ गते । अर्जुनचौपारी गाउँपालिका –२ खाल्टेमा आइतबार आगलागी भएको छ । स्थानीय भीमबहादुर क्षेत्रीको ढुङ्गामाटोले बनेको कच्ची गोठमा आगलागी भएका हो । 

आगोलागी भए पनि कुनै चौपायाको क्षति नभएको र गोठ सबै जलेर क्षति भएको छ । गोठमा भएका भैँसी, बाख्रा स्थानीयको सहायताले सुरक्षित रुपमा सारेको अर्जुन चौपारी प्रहरी चौकीका असई भोगेन्द्रप्रसाद गौडले बताउनुभयो । 

अगेनाबाट खरानी उठाएर गोठको पालीमुनि घरमुली भीमकुमारी क्षेत्रीले बोरामा राखेकोमा उक्त बोरामा भएको खरानीबाट आगो निस्किएर आगो गोठमा सल्किएको हुन सक्ने असई गौडले बताउनुभयो । आगोलागीबाट एक लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।