नेकपा (एमाले) ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
पर्यटकीय स्थल जलजलामा विद्युत सेवा विस्तार गरिएको छ । धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थलका रुपमा विकास हुन लागेको पर्वतको जलजला गाउँपालिका ५ र ६ को सिमानामा पर्ने हम्पाल कालाञ्जर क्षेत्रमा पर्ने जलजलामा केन्द्रीय प्रशारण लाइन विस्तार गरिएको हो ।
प्यूठानमा माडी नदीले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालका अनुसार स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी ३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव फेला परेको हो ।
झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ ।अर्जुनधारा ८ निवासी ओलीको शुक्रबार दिउँसो ३.५७ बजे आफ्नै निजी निवासमा निधन भएको हो ।
चाडपर्वको बेलामा सडक दुर्घटना रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरणका लागि सुरुगरेको ट्राफिक नियम सचेतना अभियान अन्तर्गत एक महिनामा दुई सय बढी सचेतनाका कार्यक्रम गरेको छ।
‘पर्वत चन्द्रागिरि समाज’द्वारा दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री लेखकले चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको उल्लेख गर्नुभयो।
हिमालयन टुरिजम फोरमको आयोजनामा कात्तिक २४ गते पोखरामा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुनुभएको छ । तिहारलगत्तै हुने अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितामा दौडका चार विधामा प्रतिस्पर्धा हुनेछ ।
सर्लाहीका विभिन्न बजारमा तिहारका सामग्रीको किनबेच बढेको भए पनि उच्च मूल्यले सर्वसाधारण ठगिएका छन् ।
प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्कनुभयो।
निर्धारित समयमा काम पूरा गर्नको लागि तिहारको बिदाको समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले कामलाई निरन्तरता दिएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार दुई देशको कूटनीतिक सम्बन्धको ४० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना सन्देश आदानप्रदान गर्नुभएको छ।
पाल ‘हङ्कङ सिक्सेस’को क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा इङ्ल्याण्डमाथि छ विकेटले विजयी भएको थियो। नेपालको समूहमा रहेको अस्ट्रेलियाले ३४ रनको जित निकालेसँगै नेपाल एक खेल अगाडि क्वाटरफाइनल पुगेको हो।
युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषण गर्नुभएको छ। यस अघिनै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ।
छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो । पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ । जताततै छठको रौनक छ ।
शुक्ला साहित्य राष्ट्रिय पुरस्कारबाट साहित्यकार एवम् भाषाविद् मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको छ ।