गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ ।
नेपाल सरकारले म्यानमारमा हालै गएको भूकम्पका पीडितहरूका लागि खाद्यान्न लगायतका सहायता सामग्री पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सो निर्णय गरेको हो ।
मनाङ, चैत १९ गते । मनाङ ङिस्याङ गाउँपालिका ५ सब्जे नजिकै चामे खाङसार सडक छेउमा रहेको नीलो पोखरी र ङिस्याङ उपत्यका । तस्बिरः रासस
नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ बढी देशका राजदूत इलामको अन्तु आउने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत अन्तु आउने भएको हो ।
घाँस पलाउने बहानामा धनकुटाका दर्जनौँ बनमा आगो लगाएको पाइएको छ । आगो निभाउन सुरक्षाकर्मीलाई हम्यहम्य भएको थियो ।
समाचार सङ्कलन गर्ने क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारगृहमा आक्रमण गर्नेउपर कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ सप्तरीले प्रधानमन्त्रीलाई ध्या
नेपालको पुरानोमध्येको सहर हो नेपालगन्ज । यसलाई नयाँ मुलुक पनि भनिन्छ । भारतमा शासन गरेका अङ्ग्रेजबाट भूमि फिर्ता पाएको हुनाले नेपालगन्जलाई नयाँ मुलुक भनिएको हो । यो सहर अहिले लुम्बिनी प्रदेशको बाँके जिल्लामा छ । नेपालगन्ज परिकारका कारण पनि प्रसिद्ध छ ।
दसैँतिहार जस्ता चाडपर्वमा रमाइलाका लागि खेलिने तासका बारेमा पक्कै पनि सुन्नुभएकै छ ।
उदयपुरमा यसअघि कहिल्यै नसुकेका पानीका मुहान धमाधम सुक्न थालेपछि गाउँका मानिसलाई मात्र होइन सदरमुकामस्थित गाईघाट बजारका उपभोक्तालाई समेत खानेपानीको अभाव हुन थालेको छ ।
राममणि दाहालमकवानपुर चैत १९ गते । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ मा लागु औषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटिएको छ । कैलाश गाउँपालिका ६ स्थित दुम्सीखर्क जङ्गलमा लागु औषध कारोबारी रहेको सूचना पाएर सोमबार इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहित त्यहाँ गएको प्रहरी टोलीमाथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले अफिम कारोबारीहरू त्यहाँ रहेको सूचना आएपछि गएको प्रहरी टोलीको पेस्तोल लुटिएको जानकारी दिनुभयो । लागु औषध कारोबारीसहितका १०–१५ जनाको समूहले हुल हुज्जत गरी पेस्तोल लुटेर लगेको भन्दै उहाँले पेस्तोल र लुटपाटमा संलग्नहरूको खोजी कार्य भOरहेको बताउनुभयो । हवलदार तामाङ र सहायक हवलदार मग्राती लागु औषध कारोबार भइरहेको सूचना पाएर जङ्गलमा गएकोमा अफिम र मोटरसाइकल छाडेर लागु औषध कारोबारी भागेका थिए । अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालयतर्फ आउँदै गर्दा ठुलो समूहमा रहेका स्थानीयले घेरा हालेर प्रहरीलाई कुटपिट गरेका थिए । घटना पाए लगतै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भए पनि हतियार अझै फेला नपरेको जनाएको छ । प्रहरी उपरीक्षक खड्काले घटनामा संलग्न रहेको र पेस्तोल खोजी कार्य भइरहेको बताउनुभयो ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालसहित चार अस्पतालका लागि ‘हेमोडायलासिस’ उपकरण हस्तान्तरण गरिएको छ । जर्मन रोटरी भोलेन्टियर्स डक्टर्स इभीको सहयोगमा रोटरी क्लब अफ धुलिखेलले धुलिखेल अस्पतालसहित चार वटा अस्पतालका लागि ३६ थान हेमोडायलासिस उपकरण हस्तान्तरण गरेको हो ।
पछिल्लो समय वनमा डढेलो लाग्ने क्रम बढेको छ । वनजङ्गलमा रहेका वनजन्य उत्पादनको प्रयोगमा आएको कमीले गर्दा डढेलोको जोखिम दिनानुदिन बढ्दै जान थालेको हो ।
नवलपरासीपूर्व (नवलपुर) को देवचुली–१६ मा पर्ने बेलस्वारा गाउँमा खानेपानीको समस्या भएको स्थानीयको गुनासो छ । गाउँनजिक रहेको धरादीखोलाबाट पानी ल्याइए पनि पर्याप्त नहुँदा खानेपानीको समस्या झेल्दै आएको स्थानीय कुलबहादुर पाटामगरले गुनासो गर्नुभयो ।
पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
गुणबहादुर रोकासुलीकोट, चैत १९ गते । सुस्त मनस्थिति भएकी नवबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका – ८ स्थायी घर भएका ४२ वर्षीय सुचन्द्र गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो । जन्मजात सुस्त मनस्थिति भएकी बालिकालाई चैत १५ गते दिउँसो २ बजेको समयमा जबरजस्ती करणी गरेको आरोपमा पीडितको आफन्तले दिएको जाहेरी दरखास्तको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।