राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेले लिम्पियाधुरा, लिपुलेक लगायत काली नदी पूर्वको भूभाग नेपालको रहेको विभिन्न ऐतिहासिक सन्धि सम्झौताले पुष्टि गरेको बताउनुभएको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
सङ्घीयता कार्यान्वयनपछि मधेश प्रदेशमा सिँचाइको पहुँच विस्तार गर्न प्रदेश सरकार र स्थानीयतहहरुले प्रयास थाले ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी पवित्रस्थल हो । २५ सय वर्षअघि सिद्धार्थ गौतमको जन्म भएको यस पवित्र भूमि विश्वभरका बौद्धमार्गीका निम्ति आकर्षणको केन्द्र हो साथै शान्ति चाहने विश्वभरका सबै मानिसका निम्ति यो भूमिको उच्च महत्व र आकर्षण छ ।
प्रतिनिधि सभा राज्य व्यवस्था समितिले निजामती विधेयक पारित ग¥यो । उक्त विधेयकको प्रतिवेदन समितिले पारित गरेको भन्दा फरक भएको भन्दै उक्त विषयले व्यापक चर्चा पायो । सो विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन भई प्रतिवेदन बुझाइसकेको छ । यो विषयले संसदीय अभ्यास
म्याग्दीको रघुगंगा गाउँपालिकाको चार वडा वडाका नौ सय एक जनालाई झण्डै पौने चार करोड रुपियाँ वितरण गरिएको छ ।
प्रविधिको तीव्र विकाससँगै अर्थतन्त्रका विविध क्षेत्रमा परिवर्तन देखा पर्दै गर्दा बैङ्किङ क्षेत्र पनि अछुतो रहन सक्दैन । यसै क्रममा पछिल्लो समयमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) अर्थात् कृत्रिम बौद्धिकता प्रविधिको विकास र प्रयोग तीव्र गतिमा भइरहेको छ । बैङ्किङ क्षेत्रमा अबको केही वर्षमा हुने प्रतिस्पर्धा भनेकै एआईको विकास र प्रयोगमार्फत हुने निश्चित छ । एआई प्रविधिले सिर्जना गर्न सक्ने अवसरको सदुपयोग गर्न र यस प्रविधिबाट हुन सक्ने चुनौती सामना गर्न बैङ्किङ क्षेत्रमा स्पष्ट
भनिन्छ कि, ‘मित्रताको सबैभन्दा बलियो आधार नै विश्वास र सदभाव हो’ । यो उक्ति सदाका लागि सान्दर्भिक छ, किनकि कुनै पनि सम्बन्धको जग विश्वासमा नै टिकेको हुन्छ तर हालसालै भइरहेका गतिविधि र भइरहेका घटना–परिघटनाले यो उक्तिमा ठेस पु¥याइरहेका छन् । यस्ता घटनाले मित्रताको आधारलाई कमजोर बनाउँदै लगेका छन्, जसले गर्दा अन्तर्राष्ट्रिय सम्बन्धमा तनाव उत्पन्न हुन्छ । नेपालको दक्षिणी छिमेकी भारतसँग उत्तर पूर्वमा ताप्लेजुङदेखि झापासम्म र पश्चिमतर्फ कञ्चनपुरदेखि उत्तरपश्चि
पूर्वाधार विकासलाई मात्र विकास ठान्ने भाष्यले अल्पविकसित विकसित देश प्रभावित छन् ।
नेपाली साहित्यका युगपुरुष गुरुप्रसाद मैनालीको कालजयी कथा ‘कर्तव्य’ मा आधारित नाटकको मञ्चन सुरु भएको छ । बर्सौंदेखि नेपाली साहित्यमा आफ्नो सान्दर्भिकता कायम राखेको यो कथालाई रङ्गकर्मी पुष्पराज अवस्थीको निर्देशन र पुरु लम्सालको नाट्य रूपान्तरणले नयाँ स्वादसहित सुदूरपश्चिमको परिवेशमा ढालिएको छ ।
चलचित्र ‘महादशा’ निर्माणको घोषणा गरिएको छ । किरण नेपालीको निर्देशनमा बन्न लागेको चलचित्रको एक कार्यक्रमबिच घोषणा गरिएको हो । संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनामा चलचित्रको कथा आधारित रहेको जनाइएको छ ।
गुल्मीमा कालिगण्डकी करिडोरसहित दुई सडक अवरुद्ध भएका छन् । वर्षाका करण यस जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर–२, राक्सेमा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको चलचित्र ‘मालती मङ्गले’ को बिहीबार शुभमुहूर्त गरिएको छ । रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानर र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रको कोटेश्वर महादेवस्थान मन्दिरमा शुभमुहूर्त गरिएको हो ।
लामो समयदेखि सानो पर्दा र रङ्गमञ्चमा हराइरहेका ‘हरिबहादुर’ नामक पात्रलाई अब दर्शकले ठुलो पर्दा अर्थात् चलचित्रमा देख्न पाउने भएका छन् । चलचित्र ‘हरिबहादुरको जुत्ता’ मार्फत दर्शकलाई हँसाउन र मनोरञ्जन प्रदान गर्न हरिवंश आचार्य ‘हरिबहादुर’ बनेर प्रस्तुत हुनुभएको छ ।