लमजुङमा चालु आर्थिक वर्षमा १४ वटा मोटरेबल पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि २३ करोड बढी बजेट विनियोजन भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बेहोस हुनु भएका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । झापाको धुलाबारी घर भई ताप्लेजुङमा कार्यरत ४५ वर्षीय असई इन्द्र भुजेलको मृत्यु भएको हो ।
अविरल वर्षाले अवरुद्ध भएको कालिगण्डकी करिडोर सञ्चालनमा आएको छ ।
पछिल्लो केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव तीन मिलिमिटर अर्थात् मुसलधारे वर्षा भएको छ ।
प्रभु बैंक लिमिटेड र बागलुङ नगरपालिका–२ गोल्डेन गेटस्थित तिबेतन लाफिङ एण्ड सेफाली रेष्टुरेन्टबिच व्यवसायिक साझेदारीका लागि प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु एक हजार २०० ले वृद्धि भएको छभने त्यति नै परिमाणको चाँदी रु पाँचले बढेको छ ।
बाँकेमा औलोका बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १६० जनामा औलो देखिएकोमा गत आर्थिक वर्ष २०८१/८२ मा त्यो सङ्ख्या बढेर २४६ पुगेको थियो ।
गुल्मीको बडीगाड पारका इलाका प्रशासन नहुँदा स्थानीय नागरिकलाई सेवा लिन सदरमुकाम तम्घास जानुपर्ने समस्याकोे सताउने गरेको छ ।
देउखुरीको गढवा गाउँपालिका–५ गढवामा निर्माणाधीन १५ शय्याको अस्पतालको ७० प्रतिशत निर्माणको काम सकिएको छ । चालु आर्थिक वर्षभित्र भवन निर्माणको काम सकेर अस्पतालाई सञ्चालन ल्याउने गरी निर्माणको काम धमाधम भइरहेको छ ।
सुदूरपश्चिममा शुक्रबार नानी गौरा पर्व उल्लासपूर्वक मनाइँदै छ । गौरापर्वको दोस्रो दिन मानिने आज नानी गौरामा व्रतालु महिलाहरु बिहानै नजिकैका नदी, तलाउ र धारामा गएर बिरुडा लाई धुने गर्दछन् ।
काठमाडौँमा उखु किसानहरूको आन्दोलन शुक्रबार छैटाैँ दिनसम्म पनि जारी छ, तर समस्या समाधान हुन सकेको छैन । सरकारले दिँदै आएको अनुदान रकम कटौती गरेपछि असन्तुष्ट बनेका १३ जिल्लाका अगुवा किसानहरू भदौ ८ गतेदेखि निरन्तर माइतीघर मण्डलामा भेला भई धर्ना र विरोध कार्यक्रम गर्दै आएका छन् ।
मरुभूमिको देशको यो सुविधापूर्ण बैठक कोठा शून्य छ । स्तब्ध छ । यो आफ्नी बुढी पनि साथमा नभएको भए भौतिक सामग्रीले परिपूर्ण यो कोठा अझ कति उराँठलाग्दो हुने थियो होला । बाहिर वातावरण स्तब्ध भए पनि म भने भित्रभित्रै
राज्यको फौजदारी कसुरमा देशको कानुन अनुसार दोषी प्रमाणित भएको मानिसलाई राज्यले जीवन समाप्त पार्नुलाई नै मृत्युदण्ड भनिन्छ ।
बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि बायो इन्जिनियरिङ प्रविधि अपनाइएको छ । हालै कालोपत्र सम्पन्न गरिएको १० किमि सडकको दीगोपनाका लागि निर्माण व्यवसायीले एक दर्जनभन्दा बढी पहिरोमा बायो इन्जिनियरिङ प्रविधि अपनाएको हो ।