सार्वजनिक सेवा प्रवाह १. सार्वजनिक सेवा प्रवाह सुधारका सम्बन्धमा विकसित बाथो पेले अवधारणाबारे प्रकाश पार्दै नेपालमा सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता हासिल गर्न सेवा प्रदायक र सेवाग्राहीको भूमिकाहरू उल्लेख गर्नुहोस । दक्षिण अफ्रिकामा सार्वजनिक सेवा प्रवाह
गुल्मीमा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इस्मा गाउँपालिका–४ निस्तीका ३१ वर्षीय तारा बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पुतलीबजार नगरपालिका र बिरुवा गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । पुतलीबजार–१० राङखोलादेखि धौवादी सडकखण्डमा कालोपत्रे गर्ने कार्य भइरहेको हो ।
मुलुकमा शान्ति स्थापनाको कामनाका साथ पशुपति क्षेत्रमा गरिएको देशोद्वार पूजासहितको वत्सलेश्वरी जात्रा सम्पन्न भएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट यही चैत ९ गते शनिबार चैत्र कृष्ण अष्टमीदेखि सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्गठनको प्यानल नै विजयी भएको छ । अध्यक्षमा नेविसंघका विवेक खड्का नेतृवको प्यानल नै विजयी भएको हो ।
एक समय थियो, जब डायरीका पानामा साथीभाइ, आफन्तजन र प्रियजनका माया मिसिएका शब्द कोरिन्थे, तिनै पानामा फोटो टाँसिन्थे, अनि जीवनका अविस्मरणीय क्षण अक्षरमा कैद गरिन्थ्यो ।
अभिनेता राजेश हमालले कलाकारको उमेर कति पुग्यो र उहाँसँग जोडी बाँध्ने कलाकारको उमेर कति अन्तरको छ भन्ने विषयमा चर्चा गर्नुभन्दा पनि कलाकारलाई त्यो पात्रमा कतिको सुहाएको छ भन्ने चर्चा हुनु आवश्यक रहेको बताउनुभएको छ ।
सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत बुधबार दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकले बताउनुभयो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चूडामणि चापागाईं नियुक्त हुनुभएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले चापागाईंलाई नेप्से सिइओमा नियुक्त गरेको हो ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले प्रदेशमा स्थापना भएका साना तथा मझौला उद्योगलाई प्रदेश सरकारले संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नियमित भएको भन्दै फेडेरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनले खुसी भएको जनाएको छ ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अनुसार रामेछाप जिल्लामा दैनिक पाँच हजार लिटर दुध उत्पादन हुने गरेको छ तर बजारमा खपत भने उत्पादनको ५० प्रतिशत मात्रै भइरहेको छ ।
थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता हुँदैछ ।
सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले यस वर्ष किसानबाट खरिद गरेको सम्पूर्ण उखुको भुक्तानी दिएको छ ।