राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार आफ्नो ६२ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय पुरुष/महिला खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ । खो खो टिम सिनियरतर्फ पुरस्कृत भएको हो ।
विश्वको सबभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि रक्षा अभियानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले समूह चरणमै कठिन प्रतिद्वन्द्वी पाएको छ ।
पार्वती बुढा रावत २१ वर्षको कलिलो उमेरमा छाउगोठमै मरिन् । उनी साफेबगर नगरपालिका ३, अछाम जिल्लाकी बासिन्दा थिइन् । प्रतिवेदनले उनको छाउगोठमा धुवाँले निसास्सिएर मरेको अनुमान लगायो । उनको दाहसंस्कार भयो, सकियो ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा धार्मिक तथा सांस्कृतिक ‘यार्तुङ’ पर्वमा आयोजित एक लाख नगद पुरस्कारको कदम घोडा दौड प्रतियोगिताको उपाधी ढुक्के विष्टले जित्नुभएको छ ।
कुनै पनि सिर्जनात्मक कार्यको मापन त्यसको सङ्ख्याले भन्दा त्यसको गहिराइपूर्ण गुणस्तरीयताले गर्छ । साहित्यमा यसको ज्वलन्त उदाहरणका रूपमा गुरुप्रसाद मैनाली र इन्द्रबहादुर राईलाई लिन सकिन्छ । मैनालीका कथाहरू मात्र ११ वटा हुन् भने राईको उपन्यास एउटै मात्र हो ‘आज रमिता छ’ । उनीहरू दुवै नेपाली आख्यानको इतिहासका युगान्तकारी पात्र रहनुभयो, जसले नेपाली कथा र उपन्यासको यात्रामा पृथक् पहिचान दिलाउनुभयो । यस्तै थोरै कार्य गरेका तर
हाम्रो संस्कृति, परम्परा, चाडपर्व, रीतिरिवाज, संस्कार गहना मात्रै होइन राष्ट्रका पहिचान हुन् । जसले राष्ट्रियताको जगेर्ना गर्छ, आफ्नो मौलिकपन झल्काउँछ । सनातन पूर्वीय वैदिक सभ्यताले समाजलाई सुसंस्कृत, सभ्य एवं सामाजिक एकता कायम गर्न बल पु¥याउँछ । विभिन्न चाडपर्व, मेला, जात्रा एवं विभिन्न सांस्कृतिक र धार्मिक परम्परा वैदिक सभ्यताकै प्रतिफल हुन् । गौरा पनि सभ्यताकै प्रतीक हो । सुदूरपश्चिममा गौरा पर्व भव्य रूपमा मनाइने प्रचलन छ ।
प्रधानसेनापति अशोकराज सिग्देल यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई स्वदेश फर्कनुभएको छ ।
‘दुबोमा नटेकौँ, बोटबिरुवा, फूललाई माया गरौँ, यो उद्यान हामी सबैको हो’ यो सूचना लेखिएको बोर्ड मेरो आँखाअगाडि सधैँ आइरहन्छ । कुनै समय छेउबाट हिँड्न पनि मन नलाग्ने क्षेत्र अहिले सफा, दायाँबायाँ दुबो, फलफूलको बोट, धुपी, कल्की, कपुर आदिका बोटहरू अनि बिचमा रङ्गिन सिमेन्ट ब्लकको बाटो छेउमा मनोहरा नदी देख्दैमा मनोरम दृश्य । साँझबिहान सबै उमेर समूहका मानिसहरूको जमघट र आआफ्ना क्रियाकलापमा मस्त र व्यस्त ।
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा शनिबार चीन प्रस्थान गर्नुभएको छ ।
पाँच महिनाअघि चैत १४ गते बिहान ९ बजे मुगुको सदरमुकाम गमगढीका महिलाहरू अरू दिन झैँ आफ्ना चौपायालाई स्याउला लिन गमगढी पारिपट्टिको भदाली गयलदेव सामुदायिक वनतिर लागे । समयमै घर फर्कने सल्लाहले हिँडेका छायानाथ रारा नगरपालिका–१ बस्ने ५३ वर्षीय असला मल्ल र ५७ वर्षीय धनपुरा नेपालीसहितका छ जना महिला स्याउला सङ्कलनमा व्यस्त भए तर स्याउला सङ्कलन गर्दै गरेका बेला साढे १० बजे
कलाकार रमेश खनालको अरूपण शैलीमा बनाइएका चित्रको ‘३५ औँ एकल चित्रकला प्रदर्शनी’ भइरहेको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लाजिम्पाटस्थित अरूपण ग्यालरीमा उद्घाटन गर्नुभएको सो प्रदर्शनीमा खनालका १७ वटा चित्रकला प्रदर्शनीमा राखिएका छन्
रेसुङ्गा, भदौ १४ गते । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबिच महत्त्वपूर्ण आठ निर्णय भएका छन् । जिल्लामा बाँदर, बदेल र वाघजस्ता जंगली वन्यजन्तुहरुको नियन्त्रण, बसाईसराई व्यवस्थापन, वैदेशिक रोजगार र यसले पारेको प्रभाव, बाटोघाटोको अवस्थासँगै दिगो उपयोगको विषयमा स्थानीय तहका उपप्रमुख र सरोकारवालाहरुबिच छलफल गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कोइरालाले जानकारी दिनुभयो ।
चलचित्र ‘गुन्यु चोलो : दी ड्रेस’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रलाई समुद्र भट्टको निर्देशन रहेको चलचित्र लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा बनेको छ । चलचित्रमा नाजिर हुसेन मुख्य भूमिकामा देखिनुभएको छ । उहाँले पारालैङ्गिक महिला (ट्रान्सवुमन) को भूमिका निर्वाह गर्नुभएको छ ।
गौरा पर्व सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाउने पर्व हो । भगवान् शिव–पार्वतीको पूजा गरेर मनाइने गौरा पर्व भाद्र शुक्लपञ्चमीबाट सुरु भएको छ । यो पर्वको पहिलो दिन बिहीबार बिरुडा भिजाउने कार्य गरिएको थियो । यो दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भन्ने गरिन्छ ।
बैङ्क तथा वित्तीय संस्थाले कृषि तथा पशुपन्छी कर्जामा अधिकतम पाँच करोड रुपियाँसम्म प्रवाह गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले जारी गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि, २०८२’ अनुसार यो व्यवस्था भएको हो ।