हेटौँडा उपमहानगरपालिकाले अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने भएको छ ।
नमुनाको रूपमा कृषि तथा पशु पालन गरेका कृषकलाई प्रोत्साहन गर्न कपिलवस्तुमा ‘एग्री वस्तु कृषि तारा २०८२’ आयोजना गरिएको छ ।
कालीकोटको खाँडाचक्र नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब भत्ता पाएका छैनन । मासिक रूपमा पाउनु पर्ने तलब भत्ता नपाएपछि मंगलबारदेखि नगरपालिका अगाडि चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।
नेपाल र चीनको सिमानामा स्थापना भएको यारी नाका भन्सार कार्यालय तीन महिना भन्दा बढी समयदेखि बन्द रहेको छ। हिउदको समयमा चीनको ताक्लाकोटबाट व्यापार गरेर सामान नभित्रिने भन्दै बन्द गरिएको कार्यालय हालसम्म नखुलेको हो।
दाङ घोराहीको विकटमा रहेको आधारभूत चाक्लिघाट विद्यालय कक्षाको ८ को परीक्षाको नतिजामा उत्कृष्ट भएको छ । घोराही उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाले कक्षा ८ को वार्षिक नतिजा निकालेको नतिजाअनुसार आधारभूत चाक्लिघाट पालिकाभित्र प्रथम भएको हो ।
रौतहटको १८ वटै स्थानीय तहमा विद्युतीय भुक्तानी प्रणालीबाट आर्थिक कारोबार सुरु भएको छ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सहकारी सहरमा भन्दा गाउँमा सफल भएको बताउनुभएको छ । बुधबार ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गुल्मीको सदरमुकाम तम्घासमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बर्दियामा चितुवाको आक्रमणबाट १० वर्षीय बालक घाइते भएका छन् ।
धनकुटा नगरपालिका वडा नम्बर १ का डेरी व्यावसायी राजु घिमिरेले महीको ब्रान्डिङ सुरु गर्नुभएको करिब डेढ वर्ष भयो।
बागमती प्रदेश सभाको चालु १५ औँ अधिवेशन बुधबार रातिबाट अन्त्य हुने भएको छ। प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चालु अधिवेशन बुधबार रातिबाट लागु हुने गरी अन्त्य गर्नुभएको हो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले समृद्धिको लक्ष्य पूरा गर्नका लागि सहकारी संस्था उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सहमतीका आधारमा गठन गरिएको छ। स्ववियु गठनको विषयले एक महिना देखि क्याम्पसमा विवाद रहँदै आएको थियो।
प्युठानमा जन्मिँदै ओठ तथा तालु (जिब्राे भन्दामाथि) फाटेका बालबालिकाका लागि निःशुल्क उपचार गरिने भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताउनुभएको छ।
मनाङ ङिस्याङ गाउँपालिका–५ मुङ्जे स्थित खेल मैदानमा चर्दै गरेका चौँरी । खेतीपाती थन्काएपछि खर्काबाट गाउँ ल्याएका याकचौँरी माथि खर्कतिर लैजाने गर्दछन् भने जिल्लाभर चार हजार ८५३ वटा याचौँरी रहेका छन् ।