रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिद्वारा आयोजित ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२५ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–१, उमरीमा थारू सङ्ग्रहालय निर्माण भएपछि स्थानीय पर्यटकको चहलपहल बढेको छ । थारू सभ्यता, रहनसहनको संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण भएपछि अवलोकनकर्ता यसतर्फ आकर्षित बनेका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको सप्ताहव्यापी नृत्यक्षर विज्ञान प्रशिक्षणमा ४० जना नृत्यकारले नृत्यसम्बन्धी व्याकरणीय कला सिकेका छन् ।
अबदेखि भन्सार कार्यालयबाट मात्र निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) उपलब्ध गराइने भएको छ ।
नयाँ बन्ने कृषि नीतिले आत्मनिर्भरता, आधुनिकीकरण, व्यवसायीकरण र प्रतिस्पर्धी उत्पादनलाई जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा थाइल्यान्ड पुगेको नेपालको निजी क्षेत्रले सो औपचारिक भ्रमणलाई आपसी सम्बन्ध विस्तार, लगानी तथा ज्ञान आदानप्रदान तथा संस्थागत सहकार्यको अवसरका रूपमा उपयोग गरेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले स्वास्थ्य परीक्षण शुल्कबापत अब नौ हजार पाँच सय रुपियाँ तिर्नुपर्ने भएको छ । सरकारले यस्तो खर्च एकै पटक तीन हजार रुपियाँ बढाएको हो । यसअघि छ हजार पाँच सय रुपियाँमा सबै परीक्षण हुन्थ्यो ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहकारी क्षेत्र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भका रूपमा रहेको बताउनुभएको छ ।
चिकित्सा शिक्षा आयोगले पूर्वनिर्धारित सिट सङ्ख्या घटाएर ‘म्याचिङ’ प्रक्रिया अघि बढाएपछि स्नातकोत्तर तहका विद्यार्थी आन्दोलित भएका छन् ।
एकाबिहानै रामदुलारीको घरमा भिड बढ्दै थियो । केहीले हरियो कुशमा साबुन लगाएर नुहाउँदै (धुँदै) थिए । केही युवाले बाँस काटेर खट (शव लैजान प्रयोग गरिने साधन) बनाउँदै थिए । कुश धोईपखाली भित्र लगेपछि रुवाइको आवाज सुनियो ।
निर्वाचन आयोगले नौ राजनीतिक दललाई यथाशीघ्र नाम परिवर्तन गर्न निर्देशन दिएको छ । करिब एक वर्षअघि दिइएको निर्देशन पालना नभएको भन्दै आयोगले नौ दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको हो ।
झापाको झापा गाउँपालिका –३ को भित्री सडक खण्डस्थित झाँटीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा प्रतिनिधिसभाका सांसद दीपक बोहराको आज अन्त्येष्टि गरिएको छ।उहाँको उपचारको क्रममा मङ्गलबार निधन भएको थियो।
नेपाल प्रहरीले चैत १५ गतेको प्रदर्शनमा अराजक गतिविधि नियन्त्रणमा लिन बल प्रयोग गरेको बताएको छ।
वरिष्ठ लोकप्रिय गायक राम कृष्ण ढकाल एण्ड ब्याण्डको विशेष प्रस्तुति रहने उक्त कार्यक्रमलाई ‘न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल’ नाम दिइएको छ। कार्यक्रममा गायक ढकालका अलावा अन्य राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने छ।