नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले अब जनताको विश्वास जित्नुपर्ने बताउनुभएको छ। महामन्त्री थापाले जनताको भरोसा आर्जन गर्ने विषयमा सरकारले अझै कामको गति अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो।
बागमती प्रदेशसभा सचिवालयको सचिवमा रामकुमार पौडेल नियुक्त हुनुभएको छ । बुधबार नियुक्त हुनुभएका सचिव पौडेललाई सभाका सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको सपथग्रहण गराउनुभयो ।
बेलायतले बुधबार स्वास्थ्य विशेषज्ञ र क्षयरोग (टिबी) बाट पीडित व्यक्तिहरूलाई यस रोगको रेकर्ड वृद्धिको सामना गर्दै नयाँ पञ्चवर्षीय कार्ययोजना तयार गर्न सहयोग गर्न आग्रह गरेको छ ।
प्रथम शिखा जिल्लास्तरीय स्विमिङ प्रतियोगिता कोहलपुरमा हुने भएको छ । नेपालगञ्ज स्विमिङ क्लबको सहकार्यमा यस प्रतियोगिताको आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
युरोपेली सङ्घ (इयु) ले संयुक्त राज्य अमेरिकाद्वारा बुधबार घोषणा गरिने नयाँ भन्सार महसुलको जवाफ ‘अप्रिल महिनाको अन्त्यभित्र’ दिने फ्रान्सेली सरकारका प्रवक्ताले मन्त्रिपरिषद्को बैठकपछि बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवल शमशेर जबरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिएको छ।
गण्डकी विश्वविद्यालयमा करारमा कार्यरत ७८ शिक्षक/कर्मचारीलाई स्थायी नियुक्तिको प्रक्रिया रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ। बुधबार न्यायाधीश दीपेन्द्र अधिकारी र मेरिना श्रेष्ठको संयुक्त इजलाशले स्थायी नियुक्ति प्रक्रिया अगाडि नबढाउन आदेश जारी गरेको हो।
काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालयबीच नेपालमा हिमनदी विज्ञान (ग्ल्यासियोलोजी) लगायत विषयमा उच्चशिक्षा अध्ययनका लागि थाइल्याण्डका विद्यार्थीहरू वृद्धि गर्ने विषयको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गर्नुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता निम्त्याएको आरोप लगाउनुभएको छ। एमाले सुनसरी जिल्ला कमिटीले बुधबार इटहरीमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उहाँले जनतामा भ्रम छर्दै देशमा अराजकता मच्चाउन पूर्वराजा सक्रिय भएको आरोप लगाउनुभएको हो।
कास्कीमा आजदेखि लागूऔषध नियन्त्रण महाअभियान २०८१/८२ शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको हो ।
हेटौँडा–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर–२, बतासेमा सुमो दुर्घटना भएको छ। बुधबार दिउँसो ३ बजेर ५५ मिनेटको समयमा सुमो दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास, बिमस्टेक जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ।
समयमै काम नसक्ने निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालय, स्याङ्जाले कारबाही गरेको छ । यहाँको वालिङ नगपालिका–४ रन्ते सुन्तलाबारी हुँदै मनकाामना बिरुवा गाउँपालिका जोड्ने रत्ने सुन्तलाबारी सडक सम्झौता समयमा कालोपत्रे नगरेसँगै पूर्वाधारले पेश्की रकम फिर्ता गरेको हो ।
गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दस/दस लाख रुपियाँ राहत प्रदान गर्ने निर्णय गरेको छ।