भक्तपुर विकास सहयोग सङ्घले सगरमाथा आरोही, गायक तथा खेलाडीलाई राजधानीमा शनिबार सम्मान गरेको छ । सम्मानित हुनेमा सगरमाथा आरोही कल्पना महर्जन, गायक सत्यनारायण मानन्धर र खेलाडी पलेशा गोवर्धन हुनुहुन्छ ।
बैङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व खर्च (सिएसआर) को रकमलाई मनोमानी ढङ्गले खर्च गर्न थालेपछि यसलाई कडाइ गरिने भएको छ । बैङ्क तथा वित्तीय संस्था, लघुवित्त संस्था तथा पूर्वाधार विकास बैङ्कले गर्ने संस्थागत सामाजिक उत्तरदायित्व खर्च (सिएसआर) मा नेपाल राष्ट्र बैङ्कले कडाइ गर्न लागेको हो ।
आर्थिक वर्ष २०८१/८२ मा मुलुकमा लगानी गर्ने भनेर झन्डै ६५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आउँदा १२ अर्ब रुपियाँ मात्र लगानी भित्रिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङबिच शनिबार तियानजिनस्थित तियानजिन अतिथि गृहमा द्विपक्षीय भेटवार्ता भएको छ ।
काठमाडौँ महानगर प्रहरी बलले विभिन्न कार्यक्रम आयोजना गरी ३३ औँ महानगर प्रहरी दिवस मनाएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो । विक्रम संवत् २०५० भदौ १४ गते नगर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २१९ जना नगर प्रहरीको दरबन्दी व्यवस्था गरेर काठमाडौँले नगर प्रहरी सेवा थालेको हो । अहिले त्यो सङ्गठन ३३ औँ वर्षमा प्रवेश गरेको हो ।
कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालको विओपी (वोर्टर आउट पोष्ट) नवनिर्मित भवनको उदघाटन गरिएको छ । जिल्लाको पुनर्वास नगरपालिका–८ स्थित कंकडमा नवनिर्मित ‘विओपी’ भवनको शनिवार औपचारिक रूपमा उदघाटन गरिएको हो ।
बाँके, बर्दिया, सुर्खेत, दाङ र कैलालीसम्मका सर्पदंशका विरामीलाई उपचारका लागि ल्याउने गरिएको नेपालगन्जस्थित भेरी अस्पताल सर्पदंशको उपचारमा अब्वल सावित भएको छ ।
पश्चिम नवलपरासी प्रहरीले बर्दघाटबाट तस्करीको गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिकाको टीसीएन चोकमा १८ वटा गोरु लोड गरेको ना ६ ख ९१७७ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन भएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथाकृति ‘सत्यम्’माथि शनिबार राजधानीमा बृहत् विमर्श सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार तथा समालोचकहरूले एक कार्यक्रमकाबीच समीक्षा एवम् टिप्पणी गर्नुभएको हो ।
युवा साहित्यकार शम्भु राईको कविता संग्रह आदर्श पहाडको शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । अमेरिकाको न्यूयोर्कमा बसिरहनु भएका कवि राईको यो पहिलो कृति हो ।
कोटेश्वरस्थित सूर्यकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार ललितपुरको गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुना ‘मिस नेपाल वर्ल्ड’ बन्नुभएको हो। उहाँलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिनुभयो।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नो निवासमा शनिबार गौरा भित्र्याउनुभएको छ ।
काठमाडौँको चोभारबाट शनिबार ड्रोनले खिच्दा देखिएको काठमाडौँ उपत्यकाको दृश्य ।