समाई हात देखाई बाटो तिमीले पढायौ क–ख र एक–दुई लेख्न मायाले सिकायौ,
रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन् । वडाले स्याउखेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउखेतीमा जुटेका हुन् ।
सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन् । आफ्नो पहिचान र मुद्दाबारे यस समुदायका केही व्यक्तिहरू सङ्गठित हुन थालेपछि लुकेर बसेकाहरू विस्तारै खुल्न थालेका हुन् ।
यहाँको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको स्थानीयको बुझाइ छ ।
सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरणपोषणका लागि मानव सेवा आश्रमले झापामा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ ।
बागलुङको हरेक वर्षजस्तै यस वर्ष पनि चैते दसैँको अवसरमा बागलुङ–कालिका भगवती गुठी व्यवस्थापन समितिले मेलाको ऐतिहासिक चैत्राष्टमी मेलाको आयोजना गरेको हो ।
म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा रहेका बस्ती संरक्षणका लागि चालु आर्थिक वर्षमा आठ वटा ठुला नदी संरक्षण योजना सञ्चालन गरिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक, जातीय, भाषिक, क्षेत्रीय भावनालाई भड्काएर सदियौंदेखिको सामाजिक सद्भावलाई खलबलाउने प्रयत्न सफल नहुने बताउनुभएको छ ।
गौतम बुद्धको मावली गाउँ रुपन्देहीको ऐतिहासिक क्षेत्र देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गल पुष्करिणी दहमा धार्मिक महोत्सव गरिने भएको छ ।
प्रहरी कार्यालयमा निवेदन तथा उजुरी लेख्न पर्यो भने पाँच सयदेखि दुई हजार खर्च हुन्थ्यो । लेखनदास वा वकिलबाट निवेदन लेख्दा मोटो रकम तिर्नु पथ्र्यो ।
मुस्ताङ, चैत २१ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मा अवस्थित खिङ्गा गाउँ र आसपासको क्षेत्र । जोमसोमदेखि मुक्तिनाथ दर्शन गर्न जाने क्रममा आँखै अगाडि देखिने यो एउटा ऐतिहासिक महत्त्व बोकेको गाउँमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेपछि यहाँको होटेल व्यवसाय सँगै सर्वसाधारणको दैनिकीमा परिवर्तन हुँदै आएको छ । तस्बिरः रासस
कर्णाली कोरिडोरको हुम्ला अन्तर्गत याङ्चुकुनादेखि बोक्चेगौँडासम्मको सडक स्तरोन्नति सुरु भएको छ । सो खण्डको असजिलो चट्टानी भिरको काम गर्ने जिम्मा सेनाले पाएलगत्तै बुधबारदेखि स्तरोन्नति सुरु भएको हो ।
विगतका वर्षमा न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा देशभरिमै उत्कृष्ट हुने जिल्ला अस्पताल बैतडीको अङ्क यस वर्ष भने घटेको छ ।
बाजुराका ग्रामीण सडक कालोपत्रे नहुँदा बर्खाको समय यहाँका स्थानीयलाई आउजाउमा सास्ती हुने गरेको छ ।