म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघेको जुन्ता सरकारले बिहीबार जनाएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बैङ्कक प्रस्थान गर्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिनुहुनेछ, साथै, थाइल्याण्डमा रहँदा त्यहाँका प्रधानमन्त्री पेटोङतार्न शिनावात्रा लगायत यस क्षेत्रका नेताहरूसँग भेटवार्ता पनि गर्नुहुनेछ ।
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ हटियादेखि कोट मैदानतर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको जिप खसगाउँमा दुर्घटना हुँदा गलकोट नगरपालिका वडा नं. ११ का विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्ष (डिएसपि) बिजय यादवले जानकारी दिनुभयो ।
थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैङ्ककमा थाइल्यान्डका वरिष्ठ व्यवसायीहरूको भेटवार्ता भएको छ ।
इलाका प्रहरी कार्यालय र वडा कार्यालय भवन निर्माण गर्न स्थानीयले चन्दा सङ्कलन गरेर जग्गा खरिद गरेका छन् ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्को ५८ औं बैठकले बुधबार इजरायललाई गाजा पट्टीमा नरसंहार रोक्न माग गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब १७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोधका बिच बुधबार पारस्परिक करसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । जसमा केही व्यापारिक साझेदारहरूमा १० प्रतिशत न्यूनतम आधारभूत कर र उच्च दरहरू लगाइने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट ११ सयभन्दा बढी लाभान्वित भएका छन् ।
कैलालीको धनगढी र गौरीगंगाबाट लागु औषधसहित प्रहरीले पाँच जनालाई पक्राउ परेको छ । धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अछामको मंगलसेन नगरपालिका–१ का १८ वर्षीय युवक र मंगलसेन नगरपालिका–५ का १७ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।