जलेश्वर (महोत्तरी), भदौ १५ गते । पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता तथा सुख, समृद्धिको कामना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज महिलाहरू भदैया रैब पर्व मनाइरहेका छन् ।मिथिला क्षेत्रका गाउँगाउँमा आज बिहानदेखि बर्तालु महिलाहरूले घरघरमा ठेकुवा (सक्खर हालेर बनाइएको एक प्रकारको पकवान) पकाएर, केरा, मकै, काँक्रो, स्याउलगायत फलफूल, अक्षता, सुपारी र पानसहितका वस्तु लिएर रैब पर्व मनाउन सुरु गरेका छन् । आज बर्तालु महिलाहरु फलफूल, मीठाइ र पकवानसहितका पूजा सामग्रीसहित नजिकैको पोखरी, तलाउ वा नदीमा गई सूर्यदेवतालाई अर्घ्य चढाउँदै पर्व मनाउने जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । रैब सूर्य देवताकै पूजा उपासना गरी मनाइने पर्व हो । भदौमा मनाइने भएकाले यसलाई भदैया रैब पर्व पनि भनिन्छ । पोखरी, तलाउ वा नदीमा स्नान गरी, सूर्य देवतालाई पूजा सामग्रीको अर्घ्य दिएर बर्तालुहरू आ–आफ्ना घरमा जान्छन् भने घर पुगेर आँगन वा पिँढीमा फेरि नेउज हाल्ने गर्दछन् ।नेउज हाल्ने क्रममा बर्तालुहरू भुइँलाई पानी र गङ्गाजलले लिपेर, केराको पातमाथि सक्खर हालेर बनाइएको खीर र केरा चढाउने गर्दछन् । यस क्रममा प्रत्येक परिवारबाट कति जनाले रैब पर्व गर्ने हो, त्यसका लागि प्रत्येक एक जनाका लागि दुईवटा नेउज (दुई स्थानमा प्रसाद चढाउने) हाल्ने गर्नुपर्छ ।पर्वमा अरुका लागि पनि अरुले नेउज (प्रसाद चढाइदिने)हाल्न सक्छन् । आफ्नो परिवारका कुनै सदस्य बाहिर रहेको वा घरमा आउन नसक्ने अवस्थामा रहेको बेला अरुको नाममा अरूले नेउज हाल्ने गर्दछन् ।नेउज हालिसकेपछि (प्रसाद चढाइसकेपछि) बर्तालुहरूले फलफूल ग्रहण गर्न सक्छन् । आज राति उनीहरूले नुनबिनाको खानेकुरा (फलफूल, खीर, केरा, स्याउ)लगायत वस्तु नै खाएर बस्ने चलन छ । त्यसैगरी अब आजैदेखि मिथिलाञ्चलका प्रत्येक गाउँठाउँका प्रायःजसो महिलाले प्रत्येक आइतबार रैब पर्वका लागि दिनभरि उपवास बस्ने र बेलुका नुनबिनाको खानेकुरा खाएर छ महिनासम्म रैब पर्व मनाउनेछन् । कोहीकोहीले भने महिनाको एउटा आइतबारको दिनमात्र उपवास बसेर पनि याे पर्व मनाउने चलन रहेको जलेश्वर–८ की बर्तालु रेणुदेवीले बताउनुभयो । मिथिला क्षेत्रमा परम्परागत रूपमै यसपर्व सुख, समृद्धि र विशेषगरी आरोग्यताका लागि मनाउने परम्परा रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव राय बताउनुहुन्छ । रासस
कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएराति पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको गगनेखोलामा ठुलो ढुङ्गा सहितको पहिरो आएर सडक अवरुद्ध भएको हो ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सहिद पार्क र साङ्छ्योलिङ जिन्दाग गुम्बामा वृक्षरोपण गरिएको छ । गाउँपालिकाको वडा १ सावादिनमा रहेको उक्त दुई स्थानमा वृक्षरोपण गरिएको हो ।
धुर्कोट गाउँपालिका –६ रजस्थल किटेनीका ५७ वर्षीय शिवबहादुर घर्ती मृत फेला परेका छन् । उहाँ मदाने गाउँपालिका –७ भनभनेको लाम्काने जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उच्च अदालत बार एसोसिएसन बागलुङको अध्यक्षमा अधिवक्ता गीता श्रीष काउचा थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबारदेखि सुरु भएको बारको ३३ औं अधिवेसनबाट श्रीष अध्यक्षमा चयन हुनुभएको हो ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पुस्तकालयलाई केवल किताब भण्डारण गर्ने ठाउँका रुपमा मात्रै नभई समाजको समग्र विकासको केन्द्रको रूपमा पुनः परिभाषित गर्नुपर्ने राज्यको दायित्व रहेको बताउनुभयो ।
सुदूरपश्चिको मौलिक पर्व गौराको अवसरमा मन्दिर परिसरमा सरसफाइ गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका –९ डाडा कुण्डास्थित सिद्धनाथ मन्दिर वरिपरि स्थानीयले सरसफाइ गरेका छन् ।
गोरखामा भेडा बचाउन खोलामा हामफाल्दा खोलाले बगाएर गोठालाको मृत्यु भएको छ । मृत्यु ह्ुनेमा बारपाक सुलिकोट गाउँपालिका –१ का ६० बर्षिय अर्जुन घले भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री हुनुुहुन्छ ।
शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ एरिया)को भ्रमण गर्नुभएको छ ।
शारदा नगरपालिका वडा नम्बर ९ नयाँ बस्तीका कृषक जीवराज वोहराले लामो समयदेखि व्यावसायिक टिमुर खेती गर्दै आउनुभएको छ ।
गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका हुन् ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाँले यस प्रदेशमा विशेष महत्वका साथ परापूर्वकालदेखि मनाउँदै आएको गौरा पर्वले आपसी प्रेम, सदभावलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
रौतहटको जंगलसहिया साझेदारी वन क्षेत्रमा बाघ देखापरेको छ । साझेदारी वनको जंगलसहिया धनसर सडक क्षेत्र नजिक शनिबार बाघ देखा परेको जंगलसहिया सव डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत विनोद जेठाराले जानकारी दिनु भयो ।
मकवानपुरको फरक–फरक स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका –१० टौखेलमा भएको सवारी दुर्घटनामा घाइते भई उपचारको क्रममा टौखेल बस्ने ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको हो ।