काठमाडौँ, भदौ १५ गते । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला तीन हजारले बढेको हो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४२५ कायम भएको छ । रासस