नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबिच हार्दिकता आवश्यक रहेको बताउनुभएको छ ।
नुवाकोटको सदरमुकाम विदुर नगरपालिकाको समथर टारीखेतमा हुर्किदै गरेको धानबाली, त्रिशूली, विदुर र बट्टार बजार र पृष्ठभूमिमा निरन्तरको झरीपछि खुल्दै गरेको पहाडी भू–भाग ।
गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीनको सहमतिप्रति नेपालको आपत्ति रहेको बताउनुभएको छ ।
बागमती प्रदेशसभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक आज दिउँसो २ बजे बस्नेभएको छ । सभामुख भुवनकुमार पाठकले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक आह्वान गर्नुभएको हो ।
बागलुङ बजारलाई आर्कषक बनाउन नगरपालिकाले फुटपाथको व्यवस्थापन गरिरहेको छ । तर मरेपिपल, ट्राफिकचोकदेखि आवारोड र श्रीनगर टोलको सडकमा फुटपाथमा सवारी साधन राख्ने गरेपछि पैदलयात्रीलाई सास्ती भएको छ ।
गुलरिया नगरपालिका–३ बस्ने बाबुराम यादव युरिया मलको खोजीमा निक्कै समय भौतारिनुभयो । कुनै सहकारीको शेयर सदस्य नभएकाले उहाँले धानमा हाल्न रासायनिक मल पाउनु भएन ।
बैँकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैँकका प्रदेश कार्यालय र सबै बैँक तथा वित्तीय संस्थाका शाखाबाट बैंक नोट साट्न पाइने आज एक सूचना जारी गरेर जनाएको हो ।
आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला रू तीन हजारले बढेको हो ।
कुनैबेला सामान्य वाचनालयका रूपमा सुरु गरिएको कास्कीको पोखरा महानगरपालिका–२९, भण्डारढिकस्थित दीपशिखा वर्तमानमा यस क्षेत्रकै सुविधा सम्पन्न पुस्तकालयका रुपमा विकास भएको छ ।
गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ। स्थानीय बासिन्दाका अनुसार भदौ १५ गते बिहान गएको पहिरोले आसपासको क्षेत्र प्रभावित बनेको छ ।
जिल्लाको ऋषिङ गाउँपालिका-८, अर्चलेका किसानले सामूहिक रूपमा पहिलो पटक अकबरे खुर्सानी खेती थालेका छन् । अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानीखेती गरेका हुन् ।
उमेरले ६० वर्ष टेक्नुभएकी फिदिम नगरपालिका –१ पाँचथरकी भीमकुमारी दाहालले नियमित योग साधना गर्न थालेको १८ वर्ष पूराभयो । ‘४० वर्ष पूरा भएपछि हात खुट्टा पोलने, झम्झमाउने, अनिन्द्रासँगै शरीरमा विभिन्न समस्या उहाँमा देखिन थालेका थिए । योगमा जोडिएपछि विस्तारै समस्या निराकरण भएको उहाँको अनुभव छ ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका –२ रूममा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । शुक्रबार च्याउ खाएपछि पाँच जना बिरामी परेको मालिका गाउँपालिका –२ का वडा अध्यक्ष उदयकुमार बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार रूमको भिरखर्कका रे बहादुर पुनको परिवारका पाँचजना बिरामी परेका हुन् ।
मुलुकभित्र निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’ मा समावेश शीर्ष गीत ‘प्राणभन्दा प्यारो माइतीघर’ अहिलेको पुस्तामा पनि लोकप्रिय छ । आशा भोस्लेले स्वर दिनुभएको उक्त गीतलाई नयाँ स्वरूपमा तयार गरिएको छ ।