बाँकेको दुर्गम मानिने तथा स्वास्थ्य सेवाको पहुँचसमेत न्यून भएको नरैनापुर गाउँपालिकामा सञ्चालनमा आएको अल्ट्रासाउन्ड सेवाले गर्भवतीहरूलाई सहज भएको छ ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले नेपाल सरकारले हालै गठन गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधानलाई ओसिएको लोगो अनधिकृत रुपपमा प्रयोग नगर्न चेतावनी दिएको छ।
दाङको राप्ती गाउँपालिकाले पालिकाका सबै सूचना तथा जानकारी मोबाइल फोनमार्फत नागरिकसम्म पुर्याउन सुरु गरेको छ ।
टेनिस खेलाडी माहिका राणा र बास्केटबलका विजय बुर्काले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को आयोजनामा हुने एथलेट्स फोरममा भाग लिनुहुने भएको छ ।
प्रधानन्त्री ओलीले समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री चिङसँग थियानजिनमा दुईपक्षीय भेटवार्ता गर्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको प्रतिनिधिमण्डल स्तरको वार्तामा आफ्नो प्रारम्भिक टिप्पणीमा चीन र भारत मित्र हुनु र ‘ड्र्यागन र हात्ती’ एकजुट हुनु महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताउनु भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान रूपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गर्नुभएको छ ।
बाजुराको कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको छ।निर्माण भएको झण्डै ४५ वर्ष वर्षपुग्दासम्म विस्तार हुन नसकेको कारागारमा कैदी भने बढ्दै गएका छन्।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताउनुभएको छ ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिका–४, हुडिफाँटमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल निर्माणको काम अन्तिमा चरणमा पुगेको छ ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले धनगढीको सहिद दशरथ चन्द स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट २३ औँ अनशन सुरु गर्नुभएको छ।
प्यालेस्टिनी राज्यलाई मान्यता दिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको निर्णयपछि इजरायल र अमेरिकामा असन्तोष बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन पुराना पार्टीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। विभिन्न समयमा पुराना पार्टीले गरेको आन्दोलन र योगदानका कारण देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँको भनाइ थियो।
चीनलाई क्षेत्रीय सम्बन्धको केन्द्र र अग्रस्थानमा स्थापित गर्ने उद्देश्यले राष्ट्रपति सी जिनपिङले रूस र भारतका नेताहरूसहित करिब २० वटा युरेसियाली मुलुकका व्यक्तिहरूलाई प्रदर्शनी शिखर सम्मेलनमा भेला गर्नुभएको छ ।