इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना (आइडिएफ) ले गाजामा कारबाही तीव्र बनाएको बताउनुभएको छ ।
दोधारा चाँदनी नगरपालिका-३ बडुवाल टोलमा आज वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ ।
नवलपरासी पूर्व (नवलपुरमा) रहेको नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले सञ्चालन गरेको नवलपुर रक्तसञ्चार केन्द्रमा मौज्दात रगतको कमि भएको छ ।
गण्डकी प्रदेशकै प्रसिद्व शत्तिपिठ बागलुङ कालीका भगवती मन्दिर व्यवस्थापन समितिको आयोजनामा कालिका परिसरमा धार्मिक पर्यटन तथा गुठी महोत्सव सुरु भएको छ।
विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटेको छैन ।
निर्माण कम्पनीले सुस्त गतिमा सडक निर्माण गर्दा स्थानीय सास्ती सहन बाध्य भएका छन्। हुलाकीमार्ग अन्तरर्गत पर्ने राजविराज–कंचनपुर सडकको राजविराजस्थित हनुमान मन्दिरदेखि पडरिया नहरसम्म सडक छेउमा बसोबास गर्ने स्थानीयदेखि दैनिक सडकमा आवत जावत गर्ने धुलैधुलोले हैरान बने।
बाँकेको राप्तीसोनारी गाउँपालिका ७ स्थित खल्ला झगडिया र आसपासको क्षेत्रमा राप्ती नदीले तीव्र रूपमा गरिरहेको कटान नियन्त्रणका लागि लुम्विनी प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयका पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय गरेको छ ।
ललितपुरको कुमारीपाटी-जावलाखेलमा शुक्रबारदेखि चैत २३ गतेसम्म सडक महोत्सव हुने भएको छ ।
भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ ।
जिल्ला अस्पतालमा हाडजोर्नी लगायत अन्य औषधी उपचारका लागि धादिङ अस्पताल आइपुगेका बिरामीहरू ठगिने गरेका छन् ।
काठमाडौँको तीनकुनेमा भएको राजावादी आगजनीमा परी ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकको घरमा पुगेर प्रेस सेन्टरको नेतृत्वले रजकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।
गुल्मीमा स्थापना भएदेखि बल्ल राष्ट्रिय अनुसन्धान कार्यालयले आफ्नै भवन पाएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबिच बिहीबार भेटर्वार्ता भएको छ ।
चिकित्सकीय लापरबाहीका कारण दुई महिनाअघि एक बिरामीको मृत्यु भएको घटनाका पीडितले न्यायका लागि मोरङ जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको छ ।