काठमाडौँको वायुप्रदूषण विश्वकै एक नम्बरमा परेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बागमती प्रदेशका महिला सांसदहरुले सञ्चारकर्मीसँग गुनासो गर्दै संसद बैठकमा बोलिएका कुराहरु सञ्चार माध्यममा नआएको टिप्पणी गर्नुभएको छ ।
पाँचथरको फिदिम नगरपालिका र कुम्मायक गाउ‘पालिकाका दुईवटा जंगलमा जथाभावी लगाइएको डढेलोमा परेर पाँच जना घाइते भएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनलाई कुनै पनि हालतमा नेपाली जनताले स्वीकार नगर्ने बताउनु भएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सिकाइमैत्री विद्यालय वातावरण निर्माण गर्न शिक्षकलाई तालिम दिन सुरु गरिएको छ। गुणस्तरीय शिक्षाका लागि सिकाइमैत्री वातावरण निर्माण गर्न आधारभूत तहका शिक्षकलाई बिहीबारदेखि पाँच दिने तालिम दिन सुरु गरिएको हो।
तराई–मधेस केन्द्रित सात राजनीतिक दलले ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन्। संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासन प्रवर्द्धनलगायत उद्देश्यसहित आज एक कार्यक्रमबीच मोर्चा घोषणा गरिएको हो।
चन्दननाथ नगरपालिका –४ कालढुङ्गीनजिक एक घरमा भिषण आगलागी भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । तीन तल्लाको घरको दोस्रो तल्लाबाट आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।
नेपाल ल क्याम्पसमा चुनावको माग गर्दै नेपाल विद्यार्थी संघले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किने ४० प्रतिशत नेपालीमा मिर्गौलासम्बन्धी रोग देखिएको बताउनुभएको छ । गोरखापत्र पदाधिकारीहरुसँगको भेटमा आज उहाँले सो कुरा बताउनुभएको हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग श्रीलङ्काका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री एचई अरुण हेमचन्द्रले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।
थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङबिच बिहीबार बैंककमा भेटवार्ता भएको छ।
थाइल्यान्डकाे औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेबिच आज बैङ्ककमा भेटवार्ता भएको छ।
बाँकेको बैजनाथ गाउँपालिका-१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित हुनुभएको छ । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान पुनः थालिएको बताउनुभएको छ ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल गणतन्त्रको नयाँ युगमा प्रवेश गरिसकेको बताउनुभएको छ । नेपाल पछाडि फर्कने कुनै सम्भावना नभएको उहाँको भनाइ छ ।