इलामको रोङ गाउँपालिका–३, मार्से (सिम्ले) गाउँका किसानलाई अहिले अलैँची टिप्न भ्याइनभ्याइ छ । यसबेला चिसो र लेकमा अलैँचीले फल छोड्दै छ भने बेँसीका खेतमा पाक्नै लागेको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ८२ पैसा र बिक्रीदर १४१ रुपियाँ ४२ पैसा कायम भएको छ ।
सुर्खेतसँगै सिमाना जोडिएको दैलेखको गुराँस गाउँपालिका–४, साल्तडाका किसानले कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहलाई किसानले मकैमा रोग लागेको भन्दै फोन गरेका छन् । ती किसानले फोन गरेको २४ घण्टाभित्रै मन्त्री शाहले आइतबार विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा अनुगमन गर्नुभएको छ ।
सरकारले भारतमा काम गर्न जाने नेपाली श्रमिकको अधिकार संरक्षणका लागि छुट्टै कोष स्थापना गर्ने नीति अख्तियार गरेको छ । तेस्रो मुकुकमा कामका लागि बिदेसिने नागरिकका लागि व्यवस्था गरिएको वैदेशिक रोजगार कल्याणकारी कोष जस्तै उपयुक्त मोडेल निर्माण गरी क्रमशः आबद्ध गराउँदै लगिने नीति अघि सारिएको हो । राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ मार्फत भारत जाने श्रमिकलाई पनि व्यवस्थित गर्ने नीतिगत व्यवस्था गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका सदस्यलाई प्रलोभनमा पारी भारतमा लगेर अवैध रूपमा मिर्गौला झिक्ने मानव तस्कर गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार सिन्धुपाल्चोकको सुनकोशी–२ का श्यामकृष्ण भण्डारी र सुजन भारतीलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरी
इजरायलको हवाई आक्रमणमा यमनमा हुथी विद्रोहीका प्रधानमन्त्री अहमद गालिब अल–रहवी मारिएका छन् । यमन अहिले हुथी विद्रोहीको कब्जामा छ । सो घटनामा आफ्ना प्रधानमन्त्री मारिएको हुथी विद्रोहीले पुष्टि गरेको बिबिसीले जनाएको छ । हुथी विद्रोहीले गाजा युद्ध सुरु भएयताको यो सबैभन्दा ठुलो क्षति भएको र कुनै वरिष्ठ अधिकारीको पहिलो मृत्यु भएको जनाएको छ ।
जनवादी गणतन्त्र चीनको तियान्जिन सहरमा साङ्घाई सहयोग सङ्गठन (एससिओ) को २५ औँ शिखर सम्मेलनमा भाग लिन एससिओका सदस्य राष्ट्रका प्रमुखलगायत विश्व नेताहरू भेला भएका छन् । सो
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पक्षको ‘विद्रोही’ भेला भएको छ । बानेश्वर क्यापसमा आइतबार खनाल पक्षको बैठक बसेको हो ।
सरकारले असोज १ गतेदेखि मुलुकको थप सात वटा यातायात व्यवस्था कार्यालयबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्ने भएको छ । विभागले असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरणमा इम्बोस्ड अनिवार्य गरेसँगै सेवा केन्द्र पनि थप्न लागेको हो ।
जुम्लामा यतिबेला धमाधम स्याउ टिप्ने सिजन चलिरहेको छ । ताजा र स्वादिलो भएकाले स्थानीय कृषक अचेल अन्तर्राष्ट्रिय बजारको खोजीमा छन् । नेपाली बजारमा पनि जुम्ली स्याउको उच्च माग भएकाले अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सके यहाँका स्याउले सहजै बजार लिन सक्ने उनीहरूको बुझाइ छ ।
बाराको सिम्रौनगढ नगरपालिका –५, कोनिहाटी चौरमा आइतबार साँझ करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। आज करिब ३ः३० बजे घाँस काट्ने क्रममा करेन्ट लागेर शम्भुप्रसाद यादवकी ५० वर्षीया श्रीमती अनितादेवी यादवको घटनास्थलमै मृत्यु भएको हो।
झापामा माटो निकाल्न खनेको पानी जमेको खाल्डोमा डुवेर कचनकवलकी एक महिलाको मृत्यु भएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फक्ताङ्लुङ गाउँपालिका वडा ५ का ३० वर्षीय सन्तोष राईको मृत्यु भएको हो ।
सप्तरीमा एक महिलाको शंकास्पद मृत्यु भएपछि हत्याको आशंकमा प्रहरीले पति र ससुरालाई नियन्त्रणमा लिएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।