थाइल्यान्डकाे औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेबिच आज बैङ्ककमा भेटवार्ता भएको छ।
बाँकेको बैजनाथ गाउँपालिका-१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित हुनुभएको छ । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान पुनः थालिएको बताउनुभएको छ ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल गणतन्त्रको नयाँ युगमा प्रवेश गरिसकेको बताउनुभएको छ । नेपाल पछाडि फर्कने कुनै सम्भावना नभएको उहाँको भनाइ छ ।
सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमालाई सामाजिक न्यायका आधारमा व्यवस्थित गर्नुपर्ने बताइएको छ । तम्घासमा आयोजित गुल्मी अस्पतालको सेवा प्रवाहको गुणस्तर सुधारका लागि भएको छलफलमा सहभागीहरूले यस्तो बताएका छन् ।
केही दिनयतादेखि काठमाडौँमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन् ।
आँधीखोला गाउँपालिका वडा नं –२ का वडा सदस्य नरबहादुर गोदारको मृत्यु भएको छ । गाउँपालिकाको वैयाका गोदरको ५५ वर्षीय गोदारको निमोनियका कारण मृत्यु भएको हो ।
कानुन, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० सम्बन्धी समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित समितिको प्रतिवेदनको रुपमा सर्वसम्मतिले पारित गरेको छ ।
धनुषाको ढल्केबरस्थित देशकै सबैभन्दा ठुलो विद्युत् सब स्टेसनमा लागेको आगलागी नियन्त्रणमा आएको छ । नजिकै रहेको बसही खोलामा फालिएको फोहरबाट सुरु भएको आगो फैलिँदै गएपछि सव स्टेशनको पश्चिमी भागमा आगलागी भएको थियो ।
जाडो महिना सकिएर गर्मी लाग्दै गर्दा मौसम परिवर्तनले निम्त्याउने विभिन्न स्वास्थ्य समस्या लिएर तनहुँका अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्र गमगढी मुगुको आयोजनामा सदरमुकाम गमगढीमा मङ्गलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३१ को महिला विश्वकपका लागि संयुक्त राज्य अमेरिका मात्र इच्छुक देखिएको बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालस्थित बङ्गलादेशी दूतावासका कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबीरले शिष्टाचार भेटर्वार्ता गर्नुभएको छ ।
बङ्गलादेशी कपडा उद्योगसम्बद्ध उद्यमीहरूले बिहीबार अमेरिकी करले विश्वको दोस्रो ठुलो गार्मेन्ट उत्पादक बङ्गलादेशलाई ‘ठुलो धक्का’ पुर्याएको बताउनुभएको छ ।
अर्जुनचौपारी गाउँपालिकामा कफी उत्पादक किसानलाई प्रतिकेजी १५ को दरले अनुदान दिने भएको छ ।