गोरखापत्र दैनिकका मुगु समाचारदाता हरिकृष्ण ऐडीसहित पाँच जना पत्रकार र एकजना जिल्लाकै उत्कृष्ट उद्घोषकलाई सम्मानित गरिएको छ ।
मुस्ताङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्नेलाई कडाइ गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण व्यवस्थापन समितिले कालीगण्डकी, कागखोला र लार्जुङखोलाबाट अवैध तरिकाले ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन तथा ओसारपसार गरेका ट्याक्टर, टिप्पर र एक्साभेटरलाई नियन्त्रणमा लिई जरिबाना गरेको छ ।
सर्लाहीको मलङ्गवा नगरपालिका–६, सुखैनिया टोलमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ ।
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जन प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच सोमबार भेटवार्ता भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली युवामा सकारात्मक सोच र आत्मविश्वासको जरुरी रहेको बताउनुभयो । तनहुँको सदरमुकाम दमौलीमा आयोजित जेसिस सम्मेलनको उद्घाटन गर्दै नेपाली युवाले म नेपालमा केही गर्छु र गर्न सक्छु भन्ने मानसिकता अपनाउनुपर्ने बताउनुभयो ।
राष्ट्रियसभाको बैठक आज अपराह्न १५ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउन हुनेछ ।
। नेपाल टेक मार्केटले नेपालको फोहरमैला व्यवस्थापनका लागि आधुनिक (स्मार्ट) ‘सफ्टवेयर’ प्रणालीको सार्वजनिक गरेको छ ।
पश्चिम नवलपरासीको बर्दघाटमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ११२ परिवारलाई जग्गाको निस्सा वितरण गरिएको छ ।
गङ्गा सोनाम नेपाल आइडल सिजन–६ को विजेता हुनुभएको छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक सिन्धुलीगढी दरबार पुनर्निर्माण भएर पनि पुनः संरक्षणविहीन अवस्थामा पुगेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा साढे दुई वर्षअघि पुनर्निर्माणको काम सकिएको यो दरबार हा
वैदेशिक रोजगारीमा कुवेत पुग्नुभएका धनकुटाको महालक्ष्मी नगरपालिका–१, कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको गत ४ गते मृत्यु भयो । केही दिनअघि कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी पर्नुभएका मगरको उपचारको व्रmममा मृत्यु भएको थियो ।
पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुण बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ अघि बढेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ठुलो आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मिन बहादुर कुँवरका अनुसार मोडिफाई गरेर ठुलो आवाज आउने साइलेन्सर राखिएका, सिट परिवर्तन गरिएको १४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।