• १६ भदौ २०८२, सोमबार

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता

blog

। प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जन प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच सोमबार भएको भेटवार्ता । तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जन प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच सोमबार भेटवार्ता भएको छ ।

शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र सिसौलिथबीच दुई पक्षीय भेटवार्ता भएको हो ।

शांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।